पाकिस्तानी टोलीद्वारा विभिन्न विधामा १० ओटा ‘एपिक्टा अवार्ड’ प्राप्त

  • Technology Khabar | २८ मंसिर २०८१, शुक्रबार
पाकिस्तानी टोलीद्वारा विभिन्न विधामा १० ओटा ‘एपिक्टा अवार्ड’ प्राप्त

काठमाडौं ।

पाकिस्तानको टेक्नोलोजी टोलीले एशिया प्यासिफिक इन्फर्मेशन एण्ड कम्युनिकेसन्स टेक्नोलोजी एलायन्स (एपिक्टा) अवार्ड सन् २०२४ मा विभिन्न विधामा १० ओटा अवार्ड प्राप्त गरेको स्थानीय मिडियाले बिहीबार रिपोर्ट गरेको छ।

स्थानीय मिडिया बोर्नियो बुलेटिनका अनुसार पाकिस्तानको इनोभेसन शोकेसले २० सदस्यहरूको प्रतिनिधिमण्डल ल्याएको थियो, जसमा नवीन कम्पनी, स्टार्ट–अप र शैक्षिक टोलीहरूका प्रतिनिधिहरू थिए । यसले असाधारण रचनात्मकता र प्राविधिक विशेषज्ञता प्रदर्शन गरेका थिए।

यो उपलब्धिले विश्वव्यापी सूचना तथा सञ्चार प्रविधि (आइसीटी) परिदृश्यमा देशको बढ्दो प्रख्याततालाई प्रकाश गर्दछ।

एपिक्टा अवार्ड यस वर्ष ब्रुनाईले आयोजना गरेको थियो । यो कार्यक्रमलाई २४ विधामा आयोजित गरिएको थियो, जसमा १८० भन्दा बढी सहभागी टोलीहरूबाट २७० प्रविष्टिहरू थिए। रासस/सिन्ह्वा

प्रकाशित: २८ मंसिर २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×