काठमाडौं ।
शनिबार अनावरण गरिएको नयाँ नेश्नल डिफेन्स अथोराइजेशन एक्ट (राष्ट्रिय रक्षा प्राधिकरण ऐन) ले रक्षा विभागका ठेकेदारहरूलाई सेमिकन्डक्टर्स, चिप–मेकिङ्ग इक्विपमेन्ट र सेमिकन्डक्टरहरू डिजाइन गर्ने उपकरणहरू ह्वावे र यसका साझेदारहरूलाई बिक्री गर्न लगभग असम्भव बनाउने भएको छ।
प्रावधानमा सहमत भएको अवस्थामा अब अमेरिकी कांग्रेस वर्षको लागि स्थगित हुनु अघि पारित हुनु पर्ने भनिएको छ।
बिधेयक पास भएको खण्डमा यसले चिप कम्पनीहरूलाई ह्वावेसँग काम गर्न बन्द गर्ने वा पेन्टागनसँग काम गर्न पहुँच गुमाउने जोखिममा पर्ने बताइएको छ र जसले आर्थिक वर्ष २०२३ मा सम्झौताहरूका लागि ४६० बिलियन अमेरिकी डलर प्रतिबद्ध गरेको बताइएको छ। साथै यो धेरै सम्भावित व्यापार गुमाउने जोखिम भएको थप उल्लेख गरिएको छ।
यो बिधेयक चीनको प्राविधिक आकांक्षाहरू प्रबन्ध गर्न अमेरिकाको नयाँ प्रयासहरूको एक हिस्सा भएको बताइएको छ।
यस वर्षको सुरुमा, अमेरिकी सरकारले ह्वावेलाई चिप्स बिक्री गर्ने क्वालकम र इन्टेलको इजाजतपत्र खारेज गरेको उल्लेख छ।
यदि विधेयक कांग्रेसमा पारित भएको खण्डमा भने प्रतिबन्धहरू हस्ताक्षर भएको २७० दिन पछि लागू हुने जीएसएमएरिनाले उल्लेख गरिएको छ।
प्रकाशित: २७ मंसिर २०८१, बिहीबार