अमेरिकाद्वारा मानव अधिकार उल्लङ्घन आरोपमा चीन र रुसका प्रविधि कम्पनीहरू माथि प्रतिबन्ध

  • Technology Khabar | २६ मंसिर २०८१, बुधबार
अमेरिकाद्वारा मानव अधिकार उल्लङ्घन आरोपमा चीन र रुसका प्रविधि कम्पनीहरू माथि प्रतिबन्ध

काठमाडौं ।

संयुक्त राज्य अमेरिकाले मङ्गलबार मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै दुई चिनियाँ कम्पनी र रुसका धेरै कम्पनीसहित आठ कम्पनीमा व्यापार प्रतिबन्धको घोषणा गरेको छ।

अमेरिकी अधिकारीहरूले पहिचान गरेका चीनका कम्पनीहरूमा झेजियाङ युनिभ्यु टेक्नोलोजी पर्दछ। ती कम्पनीमाथि उइगुर र अन्य जातीय तथा धार्मिक अल्पसङ्ख्यक समूहहरूको निगरानी जस्ता मानव अधिकार उल्लङ्घनलाई सहयोग गरेको आरोप लगाइएको छ।

अमेरिकी वाणिज्य मन्त्रालयले नामकरण गरेको अर्को फर्म बेइजिङ झोङडुन सुरक्षा प्रविधि समूह थियो । उक्त कम्पनीले सार्वजनिक सुरक्षा अधिकारीहरूलाई अधिकार उल्लङ्घन गर्न अनुमति दिने उत्पादनहरू विकास र बिक्री गर्ने भनिएको छ।

यी व्यवसायहरूलाई ‘सन्दर्भ सूची’ मा थपिएको छ। सूचीमा थपिएपछि अमेरिकी कम्पनीहरूलाई तिनीहरूलाई निर्यात गर्नुअघि अनुमतिपत्र लिन आवश्यक पार्छ।

“मानव अधिकार हनन संयुक्त राज्य अमेरिकाको विदेश नीतिको हित विपरीत छ”, उद्योग र सुरक्षाका लागि वाणिज्य उपमन्त्री एलन एस्टेवेजले विज्ञप्तिमा भने, “यी कम्पनीहरूलाई सन्दर्भ सूचीमा थप्नुको उद्देश्य अमेरिकी प्रविधि मानव अधिकार उल्लङ्घन र दुर्व्यवहार सक्षम गर्न प्रयोग गरिएको छैन भनेर सुनिश्चित गर्नु हो।”

अमेरिकी सरकार र अन्य पश्चिमी देशका कानून निर्माताहरूले उत्तर–पश्चिमी सिन्जियाङ क्षेत्रमा उइगुर अल्पसङ्ख्यकहरूप्रति चीनले गरेको व्यवहारलाई लक्षित गरेका छन्।

अधिकार समूहहरूले कम्तिमा १० लाख मानिस, प्रायः मुस्लिम अल्पसङ्ख्यकका सदस्यहरू, यस क्षेत्रमा कैद गरिएको र विभिन्न दुर्व्यवहारको सामना गरेको बताएका छ। यद्यपि बेइजिङले ती आरोपहरूलाई दृढतापूर्वक अस्वीकार गर्दछ।

मङ्गलबारका अन्य लक्षित कम्पनीमा म्यानमाका दुई र रुसका अर्को दुई कम्पनीहरू पर्दछन्। ती कम्पनीले म्यानमाको सेनालाई नागरिकहरूविरुद्ध हवाई आक्रमण जस्ता कार्यहरू गर्न अनुमति दिने सामग्रीहरू उपलब्ध गराउँछन्।

अन्य दुई रुसी संस्थालाई मस्कोलाई अनुहार पहिचान प्रविधि उपलब्ध गराएको कारण समावेश गरिएको छ। ती संस्थाको उद्देश्य ‘शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई लक्षित गर्नु’ हो र यो रुसको व्यापक निगरानी प्रणालीको एक महत्त्वपूर्ण अवयव हो। रासस/एएफपी

प्रकाशित: २६ मंसिर २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Election Commission consults experts on voting access for Nepalis abroad

  • २६ मंसिर २०८१, बुधबार

ड्रोनबाट जोगिन जालको सहारा

  • २६ मंसिर २०८१, बुधबार

Yamaha Nepal supports flood-affected families

  • २६ मंसिर २०८१, बुधबार