हिरो मोटोकर्पद्वारा नेपालमा एक्स्ट्रिम सिरिज सार्वजनिक गर्ने घोषणा

  • Technology Khabar | २६ मंसिर २०८१, बुधबार
हिरो मोटोकर्पद्वारा नेपालमा एक्स्ट्रिम सिरिज सार्वजनिक गर्ने घोषणा

काठमाडौं ।

नेपालको दुईपाङ्ग्रे बजारमा सर्वाधिक विश्वासिलो र लोकप्रिय ब्राण्ड, हिरो मोटोकर्पले रोमाञ्चक नयाँ बाईकहरु सार्वजनिक गर्ने घोषणा गरेको छ। हिरो मोटोकर्पले आफ्नो नविनतम उत्पादनहरू एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६० नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ।

बहुप्रतिक्षित यी दुबै नयाँ बाइकहरु मङ्सिर २६ मा, गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने भब्य कार्यक्रम मार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ। नयाँ बाइकहरुले अटोमोबाइल प्रेमी र उद्योगका सरोकारवालाहरूलाई अविस्मरणिय अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।

सार्वजनिक हुने क्रममा रहेका एक्स्ट्रिम सिरिज उच्च प्रदर्शन, अत्याधुनिक विशेषताहरू, र साहसी तथा आकर्षक डिजाइनको एक उत्कृष्ट संयोजन हो। सार्वजनिक हुने तयारीमा रहेका नयाँ सिरिजका यी बाइकले नेपाली दुईपाङ्ग्रे बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दावी छ ।

सार्वजनिक हुने तयारीमा रहेको नयाँ सिरिजले हिरो मोटोकर्पको गुणस्तर, नवप्रवर्तन, र उत्कृष्ट सवारी अनुभव प्रतिको प्रतिबद्धतालाई अझ प्रस्ट्याउन सघाउने कम्पनीले विश्वास लिएको छ। शहरका व्यस्त सडक होस् वा फराकिला राजमार्गमा, एक्स्ट्रिम सिरिजले हरेक यात्रालाई उत्कृष्ट बनाउने कम्पनीको दाबी छ।

प्रकाशित: २६ मंसिर २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yamaha FZS FI Hybrid sees overwhelming demand, sold out within a week; pre-bookings open for next batch

  • Technology Khabar
  • २६ मंसिर २०८१, बुधबार