सब्स्क्रिप्शन मोडलमा काम गर्दै ब्लूस्काई

Technology Khabar २६ मंसिर २०८१, बुधबार

काठमाडौं ।

ब्लूस्काईले आफ्नो सब्स्क्रिप्शन मोडलमा काम गरिरहेको छ। ब्लूस्काई एउटा माइक्रोब्लगिङ सामाजिक सञ्जाल स्टार्टअप हो एक्स (पूर्व ट्विटर) को प्रतिस्पर्धीका रुपमा आएको हो।

कम्पनीले अक्टोबरमा आफ्नो १५ डलर मिलियनको सिरिज ए फन्डिङ घोषणा गर्दा यो नयाँ आम्दानी स्रोतको योजना सार्वजनिक गरेको थियो। हालै ब्लूस्काईले ब्लूस्काई+ नामक सब्स्क्रिप्शन सेवा र सम्भावित विशेषताहरूको सूची सहितको मकअप आफ्नो गिटहबमा सार्वजनिक गरेको छ।

हाल उपलब्ध जानकारीअनुसार मकअपमा देखाइएका विशेषताहरू परिमार्जन हुन सक्छन्। तर, केही सुविधा भने ब्लूस्काईले प्रिमियम सदस्यतामा समावेश गर्न सक्ने सम्भावना देखिन्छ।

अघिल्लो घोषणामा एक सामाजिक सञ्जाल स्टार्टअप र एक्स (पूर्व ट्विटर) को प्रतिस्पर्धी, ले उच्च गुणस्तरका भिडियो अपलोड र प्रोफाइल कस्टमाइजेशन जस्ता सुविधाहरू दिने योजना बनाएको बताएको थियो, जुन मकअपमा पनि समावेश छन्।

अन्य सम्भावित सुविधाहरूमा निम्न कुरा उल्लेख गरिएको छ:

  • कस्टम एप आइकन
  • ब्लूस्काई+ प्रोफाइल ब्याज
  • इनलाइन पोस्ट ट्रान्सलेशन
  • पोस्ट एनालिटिक्स
  • बूङ्कमार्क फोल्डर्स

यी सुविधाहरूले ब्लूस्काईलाई एक्सको प्रतिस्पर्धामा बलियो बनाउन सक्छ। विशेषतः, भेरिफिकेसन (प्रोफाइल ब्याज) सब्स्क्रिप्श मा समावेश गर्ने सम्भावनाले धेरैको ध्यान खिचेको छ। ब्लूस्काईले भेरिफिकेसनलाई आफ्नो खुला नेटवर्कको संरचनासँग फरक ढंगले कार्यान्वयन गर्ने योजना बनाएको भए पनि, यो सुविधा पेवाल पछाडि राख्ने योजना चासोको विषय बनेको छ।

मकअपमा ब्लूस्काई+ को मूल्य ८ डलर प्रति महिना वा ७२ डलर प्रति वर्ष देखाइएको छ, तर यो पनि अन्तिम निर्णय भने नभएको टेकक्रञ्चले उल्लेख गरेको छ।

ब्लूस्काईका सफ्टवेयर इन्जिनियर ड्यान अब्रामोभले प्रयोगकर्ताहरूलाई मकअपमा देखाइएका विशेषताहरू अन्तिम सूची नभएको स्पष्ट पारेका छन्। उनले भने, “केही सुविधा समावेश हुने सम्भावना छ, तर यो सूचीलाई योजनाबद्ध सुविधाको रूपमा नलिनुहोस्। काम पूरा भएपछि हामी वास्तविक सूची घोषणा गर्नेछौं।”

ब्लूस्काईका प्रयोगकर्ताहरूले यस प्रस्तावित सदस्यता मोडललाई लिएर उत्सुकता र छलफल देखाएका छन्। कतिपयले भुक्तानी गर्ने सुविधाहरूको आलोचना गरेका छन् भने केहीले सदस्यतामा थप विशेषताहरू समावेश गर्न सुझाव दिएका छन्।

सदस्यता बाहेक ब्लूस्काईले अन्य आम्दानीका मोडलहरू पनि विचार गरिरहेको छ। कम्पनीका सिएफओ जे ग्राबरले डोमेन नाम बेच्ने, एल्गोरिदमहरूको बजार बनाउने, र विज्ञापन बेच्ने जस्ता योजनाहरूको संकेत दिएका छन्।

प्रकाशित: २६ मंसिर २०८१, बुधबार

तपाइको प्रतिक्रिया