चार महिनामा साढे ५२ करोड हाराहारीका ईसीजी र सीटी स्क्यानसम्बन्धी उपकरण आयात

  • Technology Khabar | २० मंसिर २०८१, बिहीबार
चार महिनामा साढे ५२ करोड हाराहारीका ईसीजी र सीटी स्क्यानसम्बन्धी उपकरण आयात

काठमाडौं ।

नेपालमा साउनदेखि  कार्तिक मसान्तसम्मको ४ महिनाको अवधिमा करिब साढे ५२ करोड रुपैयाँ बराबरको ईसीजी र सीटी स्क्यानसम्बन्धी उपकरण आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्तिक महिनाको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार यो ४ महिनामा ५२ करोड ४७ लाख ५८ हजार रुपैयाँ बराबरको ईसीजी र सीटी स्क्यानसम्बन्धी उपकरण आयात भएको छ।

यो एक महिना यति रकम बराबरको ८ लाख १२ हजार ७६१ थान ईसीजी र सीटी स्क्यानसम्बन्धी उपकरण आयात भएको विवरणमा उल्लेख छ।

सरकारले उक्त परिमाणको ईसीजी र सीटी स्क्यानसम्बन्धी उपकरण आयातबाट यो अवधिमा ३ करोड ३५ लाख ६९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमामा चीन, भारत, जर्मनी, फ्रान्स, कोरिया, मलेशिया, जापान, इण्डोनेसिया र स्विजरल्याण्ड गरी जम्मा १० मुलुकबाट ईसीजी र सीटी स्क्यानसम्बन्धी उपकरण आयात भएको छ।

यीमध्ये सबैभन्दा बढी चीनबाट तथा सबैभन्दा कम फ्रान्स, इण्डोनेसिया र जर्मनीबाट सबभन्दा कम अर्थात् जनही १ थान ईसीजी र सीटी स्क्यानसम्बन्धी उपकरण आयात भएको विवरणले देखाएको छ।

यस्तो छ विवरण:

ईसीजी उपकरण

क्र सं देश विवरण परिमाण रकम (हजारमा)
चीन १२५८ १०२३२
जर्मनी १४
भारत ६११२६६ ९१२८
कोरिया २०४१५
मलेसिया २००२०२ १०८६१
स्विजरल्याण्ड २४६६
अमेरिका ४५८०
जम्मा ८१२७४७ ५७६९५

 

सीटीस्क्यान उपकरण

क्र सं देश विवरण परिमाण रकम (हजारमा)
चीन १४२७४७
फ्रान्स ५९७२
जर्मनी १७१५१४
भारत ५८
इण्डोजनेसिया २९३६४
जापान ११७४०७
जम्मा १४ ४६७०६३

प्रकाशित: २० मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार