Technology Khabar २० मंसिर २०८१, बिहीबार
काठमाडौं ।
शाओमीको नवीनतम ट्याब्लेट सिरिज ‘प्याड ७’ र ‘प्याड ७ प्रो’ विश्वव्यापी रुपमा डेब्यू गर्न तयारी अवस्थामा रहेको छ। साथै एसडीपीपीआई र बीआईएस सर्टिफिकेसनहरू सहित विभिन्न क्षेत्रहरूका हालैका प्रमाणीकरणहरूले ट्याब्लेटको अन्तर्राष्ट्रिय लन्चको सङ्केत गरेका छन्। साथै यी ट्याब्लेटले यूएईको टीडीआरए सर्टिफिकेसन पनि पास गरेको बताइएको छ।
शाओमी प्याड ७ ट्याब्लेट २४१० सीआरपी४सीजी र र शाओमी प्याड ७ प्रो ट्याब्लेट २४०९१आरपीएडीजी नम्बरको साथ टीडीआरए डाटाबेसमा देखा परेका छन्। साथै यिनीहरु वाई–फाई–वोन्ली (मात्र) मोडेलहरू भएका बताइएका छन्।
त्यसैगरी यी ट्याब्लेटहरू विश्व बजारमा शाओमी १५ सिरिज स्मार्टफोनहरूसँगै डेब्यू हुने अपेक्षा गरिएको छ, जसमध्ये एउटा हालै थाई नियामकहरूले प्रमाणित गरेको उल्लेख छ।
शाओमी प्याड ७ र प्याड ७ प्रो स्पेक्स (ग्लोबल मोडेल)
दुबै ट्याब्लेटहरूले उनीहरूको चिनियाँ समकक्षहरूको प्रभावशाली स्पेसिफिकेसनहरू कायम राख्ने अपेक्षा गरिएको छ। प्याड ७ मा स्न्यापड्रागन ७+ जेन ३ प्रोसेसर हुने बताइएको छ।
उक्त मिड–रेञ्ज चिपसेटले दैनिक कार्यहरू र हल्का गेमिङको लागि ठोस प्रदर्शन प्रदान गर्ने बताइएको छ। यस बीच, प्याड ७ प्रोमा शक्तिशाली स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर हुने उल्लेख गरिएको छ।
दुबै ट्याब्लेटमा ३ः२ आस्पेक्ट रेसियो र ३२०० × २१३६ पिक्सेलको हाई रिजोल्युसनको साथ ठूलो ११.२–इन्चको डिस्प्ले फिचर गरिएको छ। डिस्प्लेहरूले १४४ हर्ज सम्मको भेराइबल रिफ्रेस रेटलाई समर्थन गर्नेछ जसले स्मूथ स्क्रोलिङ र एनिमेसनहरू सुनिश्चित गर्ने थप उल्लेख गरिएको छ।
त्यसैगरी डिस्प्लेहरू लो ब्लू लाईट उत्सर्जनका लागि प्रमाणित गरिने बताइएको छ जसले विस्तारित प्रयोगको क्रममा आँखाको तनाव कम गर्न मद्दत गर्नेछ।
अप्टिक्सको सन्दर्भमा, प्याड ७ प्रोले ठूलो १/२.७६–इन्चको सेन्सर र एफ/१.८ एपर्चरको साथ ५० मेगापिक्सेलको मुख्य क्यामरा समावेश गर्नेछ। यो क्यामराले डिटेल्ड इमेज (विस्तृत तस्बिर) हरू र फोरके भिडियोहरू खिच्न सक्षम हुने बताइएको छ। अर्कोतर्फ, प्याड ७ मा भने १/३.०६ इन्चको सेन्सर र एफ/२.२ एपर्चर भएको १३ मेगापिक्सेलको मुख्य क्यामरा हुनेछ।
भिडियो कल र सेल्फीका लागि भनेर दुबै ट्याब्लेटमा उच्च रिजोल्युसन फ्रन्ट–फेसिङ क्यामराहरू समावेश गरिने बताइएको छ। प्याड ७ प्रो मा ३२ मेगापिक्सेलको सेन्सर र प्याड ७ मा ८ मेगापिक्सेलको सेन्सर हुने बताइएको छ।
ट्याब्लेटहरू ठूला ब्याट्रीहरूद्वारा संचालित हुनेछन् र द्रुत चार्जिङलाई समर्थन गर्नेछन्। साथै ट्याब्लेटहरूले वाई–फाई ७ र ब्लुटुथ ५.४ सहित उन्नत कनेक्टिभिटी विकल्पहरू प्रस्ताव गर्नेछन्।
दुवै ट्याब्लेटहरू सम्भवतः एन्ड्रोइड १४ मा आधारित शाओमीको नवीनतम कस्टम एन्ड्रोइड स्किनमा चल्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २० मंसिर २०८१, बिहीबार