Technology Khabar १९ मंसिर २०८१, बुधबार
काठमाडौं ।
अनरले निर्धारित समय तालिका अनुसार सोमबार आफ्नो ३०० सिरिजका नयाँ स्मार्टफोनहरू अनावरण गरेको छ। उक्त ब्यानर अन्तर्गत – स्ट्याण्डर्ड, प्रो र अल्ट्रा गरी तीनवटा फोनहरू रहेका छन्।
अल्ट्रा मोडल टप–अफ–द–लाइन भएको बताइएको छ र अहिलेको लागि अनर ३०० र ३०० प्रो को स्पेक्स, फिचर्स र मूल्यहरूको विवरणहरू हेरौं।
अनर ३०० र ३०० प्रो को स्पेसिफिकेसनहरू
डिजाइनको लागि अनरले प्रकृतिको सौन्दर्यबाट प्रेरणा लिएको उल्लेख छ। स्ट्याण्डर्ड (मानक) अनर ३०० ले स्लिक, अल्ट्रा–थिन स्ट्रेट स्क्रिन डिजाइन फिचर गर्दछ। प्रो मोडलले भने अगाडि र पछाडि दुवै भागमा थप इमर्सिभ “हाइपरबोलिक” कर्भ डिस्प्ले समावेश गरेको छ। साथै दुबै फोन विभिन्न रङको दायरामा आउने बताइएको छ।
स्ट्याण्डर्ड मोडल इन्क रक ब्ल्याक, जेड ड्र्यागन स्नो, चाका ग्रीन, काङ्सान ग्रे र लुयान पर्पलमा आएको बताइएको छ भने प्रो संस्करण इन्क रक ब्ल्याक, स्टारलाइट स्यान्ड र चाका ग्रीनमा उपलब्ध हुने उल्लेख गरिएको छ।
अनरले सिरिजका क्यामराहरूमा विशेष जोड दिएको उल्लेख छ। दुबै फोनमा सेल्फी र समूह शटहरूको लागि भनेर ५० मेगापिक्सेलको फ्रन्ट क्यामरा प्याक गरिएको छ। अनर ३०० को पछाडि ५० मेगापिक्सेलको मुख्य सेन्सर (सोनी आईएमएक्स ९०६) र १२ मेगापिक्सेलको अल्ट्रा–वाइड–एंगल म्याक्रो लेन्सको साथ डुअल रियर क्यामरा प्रणालीको फिचर गरिएको छ।
अनर ३०० प्रो मा भने ट्रिपल रियर सेटअप फिचर गरिएको उल्लेख छ जसमा उही प्रभावशाली ५० मेगापिक्सेलको मुख्य सेन्सर, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड–एंगल म्याक्रो लेन्स र टाढाको विवरणहरू खिच्नको लागि ५० मेगापिक्सेलको टेलिफोटो लेन्स समावेश गरिएको छ।
साथै दुवै फोनहरूले “एसएलआर–स्तरको पोट्रेटहरू” खिच्न सक्ने अनरले दाबी गरेको छ। त्यसैगरी कुनै पनि प्रकाशमा उत्कृष्ट फोटोहरू खिच्नको लागि एआई लाइट–कन्ट्रोल इन्जिन फिचर गरिएको बताइएको छ।
त्यसका साथै यसको कस्टम स्किन ‘म्याजिकओएस ९.०’ मा पहिले तस्विर खिचेर त्यसपछि ब्याकग्राउन्ड ब्लर गर्ने र फ्रेम विस्तार गर्ने जस्ता एआई फिचरहरू पनि समावेश रहेका छन्। यसले हाई–डेफिनिसन डाइनामिक फोटोहरू (लाइभ फोटो) समर्थन गर्ने थप उल्लेख गरिएको छ।
दुवै मोडेलमा ओएलईडी डिस्प्लेको साथ पंच प्याक गरिएको उल्लेख छ। अनर ३०० ले १२० हर्ज रिफ्रेस रेट सहितको ६.७–इन्चको २६६४×१२०० स्ट्रेट स्क्रिन फिचर गर्दछ भने प्रो संस्करणमा ६.७८–इन्चको २७००×१२२४ क्वाड–कर्भ डिस्प्लेमा अपग्रेड गरिएको बताइएको छ।
साथै दुवै डिस्प्लेले ३८४० हर्ज पीडब्लूएम डिमिङ, ४००० निट पिक ब्राइटनेस, १.०७ बिलियन कलर डिस्प्ले र विभिन्न आँखा सुरक्षा प्रविधिहरू जस्ता प्रभावशाली सुविधाहरू प्रदान गर्ने थप उल्लेख गरिएको छ।
अनर ३०० स्ट्याण्डर्ड मोडल स्न्यापड्रागन ७ जेन ३ प्रोसेसरमा चल्ने बताइएको छ भने प्रो मोडलले अझ शक्तिशाली क्वालकम स्न्यापड्रागन ८ जेन ३ को प्रयोग गर्ने उल्लेख गरिएको छ।
फोनहरूमा समावेश गरिएको ५३००एमएएच ब्याट्रीले १००डब्लू चार्जिङको लागि समर्थन गर्दछ। साथै प्रो मोडलले ८०डब्लू वायरलेस चार्जिङ र वाईफाई ७ लाई पनि समर्थन गर्ने बताइएको छ।
मूल्य निर्धारण र उपलब्धता
अनर ३००
८/२५६जीबीः २,२९९ युआन (३२० अमेरिकी डलर)
१२/२५६जीबीः २,४९९ युआन (३५० अमेरिकी डलर)
१२/५१२जीबीः २,७९९ युआन (३८४ अमेरिकी डलर)
१६/५१२जीबीः २,९९९ युआन (४१२ अमेरिकी डलर)
अनर ३०० प्रो
१२/२५६जीबीः ३,३९९ युआन (४७० अमेरिकी डलर)
१२/५१२जीबीः ३,६९९ युआन (५१० अमेरिकी डलर)
१६/५१२जीबीः ३,९९९ युआन (५५० अमेरिकी डलर)
प्रि–अर्डरहरू सम्भवतः चीनमा पहिले नै सुरु भइसकेको छ भने यसको विश्वव्यापी उपलब्धता विवरणहरू भने घोषणा गर्न बाँकी नै रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १९ मंसिर २०८१, बुधबार