मोबाइल बैंकिङमार्फत् हुने कारोबार रकम असोज महिनामा ३६ अर्बमाथिले वृद्धि

  • Technology Khabar | १९ मंसिर २०८१, बुधबार
मोबाइल बैंकिङमार्फत् हुने कारोबार रकम असोज महिनामा ३६ अर्बमाथिले वृद्धि

काठमाडौं ।

नेपालमा पछिल्लो महिना मोबाइल मार्फत बैंकिङ कारोबार गर्ने प्रवृत्ति मिश्रित रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८१ असोज महिनासम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार र रकम दुवैमा बढोत्तरी भएको छ। यो प्रवृत्ति भदौ महिनामा भने ऋणात्मक देखिएको थियो।

आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउन मसान्तमा मोबाइल बैंकिङमार्फत् ४ करोड ७४ लाख ६० हजार २४५ कारोबार भएको थियो। साउनबाट भदौमा आउँदा भने कारोबार सङ्ख्यामा ४३ लाख १० हजार ३४६ ले कमी आएको थियो।

तर भदौ महिनामा भने मोबाइल बैंकिङमार्फत् गरिने कारोबार सङ्ख्या र रकम दुवैमा उल्लेख्य वृद्धि देखिएको छ। भदौ मसान्तमा मोबाइल बैंकिङमार्फत् ४ करोड ३१ लाख ४९ हजार ८४९ कारोबार भएको थियो। उक्त महिनामा कारोबार रकम समग्रमा ३ खर्ब ६४ अर्ब २७ करोड ७० लाख रुपैयाँ थियो।

असोज मसान्तमा भने मोबाइल बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या भदौको तुलनामा ८ लाख ८९ हजार २७७ ले बढेर ४ करोड ४० लाख ४८ हजार २४६ पुगेको छ।

यसैगरी कारोबार रकममा पनि ३६ अर्ब ९६ करोड ५० लाख रुपैयाँ बढेर ४ खर्ब १ अर्ब २४ करोड १० लाख रुपैयाँ पुगेको प्रतिवेदनले देखाएको छ।

प्रकाशित: १९ मंसिर २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...