Technology Khabar १८ मंसिर २०८१, मंगलवार
काठमाडौं ।
एप्पलले आईओएस १८ लाई सार्वजनिक गरेको एक महिना भइसकेको छ र कम्पनीले भविष्यका सफ्टवेयर अपडेटमा काम गरिरहेको छ। साथै एप्पलले गेमिङमा बढी लगानी गरिरहेको हुनाले कम्पनीले अब गेमहरूमा समर्पित नयाँ एप स्टोर जस्तै एपमा काम गरिरहेको बताइएको छ।
एप्पलले आईओएसका लागि नयाँ गेमिङ हब विकास गर्दै
९टु५म्याकले यस विषयमा परिचित विश्वसनीय स्रोतहरूबाट नयाँ परियोजनाको बारेमा विवरणहरू गरेको छ। नयाँ एपले एप स्टोर र गेम सेन्टरको फङ्गङ्गनेलिटीलाई एकै ठाउँमा मिलाउने बताइएको छ।
यद्यपि गेमिङ एपले गेम सेन्टरलाई प्रतिस्थापन नगर्ने अपेक्षा गरिएको छ। साथै यो प्रयोगकर्ताको गेम सेन्टर प्रोफाइल संग एकीकृत हुने उल्लेख गरिएको छ।
स्रोतहरूका अनुसार, एपमा मल्टिपल ट्याबहरू हुने बताइएको जसमा “प्ले नाउ” ट्याब सहित धेरै ट्याबहरू हुनेछन्। साथै प्ले नाउमा प्रयोगकर्ताहरूले सम्पादकीय सामग्री र खेल सुझावहरू फेला पार्नेछन्।
त्यसैगरी एपले चुनौतीहरू, लिडरबोर्डहरू र उपलब्धिहरू जस्ता चीजहरू पनि देखाउने बताइएको छ। यसबाहेक एप स्टोर र एप्पल आर्केड दुवैका गेमहरू नयाँ स्टोरमा फिचर गरिनेछन्।
एपले आईफोनको लागि एक्सबक्स एपले जस्तै काम गर्ने बताइएको छ जहाँ खेलाडीहरूले आफ्नो स्थिति, साथीहरूको गतिविधिहरू हेर्न, नयाँ खेलहरू खोज्न र उनीहरूको खेल पुस्तकालय जाँच गर्न सक्नेछन्। सम्भवतः, एप्पलले आफ्नो डिभाइसहरूलाई नयाँ एपको साथ गेमरहरूलाई अझ आकर्षक बनाउन चाहेको उल्लेख गरिएको छ।
एप्पलसँग हाल रहेको सब्स्क्रीप्सन सर्भिस एप्पल आर्केडले आईफोन, आईप्याड, म्याक र एप्पल टिभीका लागि धेरै खेलहरूमा पहुँच प्रदान गर्दछ। साथै एप स्टोरसँग इन्टिग्रेट गरिएको यो प्लेटफर्मको लागि प्रति महिना ६.९९ अमेरिकी डलर लागत रहेको थप उल्लेख गरिएको छ।
आईओएस १८ र म्याकओएस १५ सँग एप्पलले विकासकर्ताहरूलाई आईओएसमा म्याक खेलहरू पोर्ट गर्न मद्दत गर्ने नयाँ टुल्स (उपकरणहरू) प्रस्तुत गरेको उल्लेख छ।
एप्पलले नयाँ गेमिङ एपलाई अर्को वर्षको आईओएस १८ को अपडेट वा आईओएस १९ को भागको रूपमा प्रस्तुत गर्ने योजना बनाएको छ भन्ने बरेमा भने स्पष्टता नभएको उल्लेख गरिएको छ।
प्रकाशित: १८ मंसिर २०८१, मंगलवार