आईफोन एसई ४: आफ्नै पहिलो फाइभजी मोडेम, ए१८ चिप लगायत विशेषता रहने

Technology Khabar १८ मंसिर २०८१, मंगलवार

काठमाडौं ।

एप्पलले आईफोन एसईको नयाँ पुस्तामा काम गरिरहेको छ। साथै भर्खरैको ब्लूमबर्ग रिपोर्टले उक्त आईफोन एसई ४ अर्को वर्ष कुनै समयमा पनि आउन सक्ने कुराको खुलासा गरेको छ।

त्यसैगरी यसअघि आईफोन १६ को बारेमा सटीक विवरणहरू बताएका ९टु५म्याक को भरपर्दो स्रोतहरूले अब आईफोन एसई ४ बाट के आशा गर्ने भन्ने बारेमा थप जानकारी दिएको उल्लेख गरिएको छ।

आईफोन एसई ४ को नयाँ विवरणहरू
हालको पुस्ताको आईफोन एसई आईफोन ८ जस्तो देखिने भए तापनि नयाँ मोडलको आईफोन एसई ४ को भने आइफोन १४ को जस्तै थप आधुनिक लुक हुनेछ। यसमा फ्ल्याट साइडहरू र टप नच भएको ओएलईडी प्यानल समावेश रहने छन्। साथै कोडनेम भी५९ रहेको आईफोन एसई ४ मा ६.१–इन्चको आईफोन १४ को जस्तै ११७० × २५३२ डिस्प्ले रिजोल्युसन हुने स्रोतहरूले पुष्टि गरेको उल्लेख छ।

एप्पलले आईफोन एसई ४ मा फेस आईडी पनि ल्याउने भएको छ जसले आईफोनमा टच आईडीको साथ होम बटनलाई त्याग्ने उल्लेख गरिएको छ। यद्यपि, डायनामिक आइल्याण्ड भने थप प्रिमियम मोडेलहरूको साथ विशेष रहने बताइएको छ।

त्यसैगरी अघिल्लो रिपोर्टहरूले सुझाव दिए अनुसार एप्पलले नयाँ एसईलाई एप्पल इन्टेलिजेन्स फिचर्सहरूकासाथ कम्प्याटिबल बनाउन चाहेको र ८जीबी र्यामको साथ ए१८ चिपले गर्दा यो सम्भव हुने स्रोतहरूले दावी गरेका छन्।

एप्पलले ५–कोर जीपीयूको साथ बेस (आधार) आईफोन १६ मा प्रयोग गरिएको आफ्नो नवीनतम एसओसीको समान संस्करण प्रयोग गर्ने थप उल्लेख छ।

त्यसका साथै क्यामेरातर्फ, आईफोन एसई ४ मा आईफोन १५ र १५ प्लसको जस्तै ४८ मेगापिक्सेलको वाइड क्यामरा र १२ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ। यद्यपि, नयाँ एसईमा अल्ट्रा–वाइड वा टेलिफोटो लेन्सहरू नहुने भनि सुन्नमा आएको बताइएको छ। एप्पलले सम्भवतः ४८ मेगापिक्सेल सेन्सरको फाइदा उठाउँदै नयाँ एसईले २× “अप्टिकल” जुमको साथ फोटोहरू लिन सक्षम हुने बताइएको छ।

एप्पलको पहिलो फाइभजी मोडेम
आईफोन एसई ४ को मुख्य हाइलाइटहरू मध्ये एक एप्पलको पहिलो फाइभजी मोडेम हुनेछ। कम्पनीले क्वालकमको मोडेमहरू डिस्पोज गर्ने प्रयासमा सन् २०१९ मा इन्टेलको मोडेम डिभिजन प्राप्त गरेको थियो। यद्यपि, एप्पल द्वारा विकसित प्रोटोटाइप मोडेमहरू धेरै विफलताहरू भोगेका छन् भनि धेरै रिपोर्टहरूले सुझाव दिएको उल्लेख छ।

यद्यपि, एप्पल अन्ततः आफ्नो पहिलो फाइभजी मोडेम पाउनेमा विश्वस्त भएको जस्तो देखिको उल्लेख गरिएको छ। साथै ‘भी५९’ एप्पलले डिजाइन गरेको वायरलेस मोडेमका साथ सुसज्जित रहेको ९टु५म्याकको स्रोतहरूले बताएका छन्। “सेन्टौरी” कोडनेम रहेको मोडेमले वाई–फाई, ब्लुटुथ र जीपीएस लाई पनि ह्यान्डल गर्ने थप उल्लेख गरिएको छ।

एप्पलले आफ्नै मोडेमबाट पैसाको सर्तमा निश्चित रूपमा लाभ उठाउनेछ भने कम्पनीले यसलाई हार्डवेयर र सफ्टवेयर बीचको एकीकरण सुधार गर्न प्रयोग गर्ने बताइएको छ। साथै नयाँ मोडेमले विशेष गरी जब प्रयोगकर्ताहरूले आईफोनमा लो पावर मोडमा स्विच गरेको अवस्थामा ब्याट्री खपतलाई एकदमै कम गर्ने ९टु५म्याक ले उल्लेख गरेको छ।

यद्यपि एप्पलको योजना भविष्यमा आफ्ना सबै डिभाइसहरूमा आफ्नै मोडेम ल्याउने रहेको छ भने कम्पनीले यसलाई प्रयोगको रूपमा पहिलो पटक आईफोन एसई ४ मा राख्ने छनोट गरेको बताइएको छ।

आईफोन एसई ४ सन् २०२५ को स्प्रिङ्गमा आउँदैछ
अन्य स्रोतहरूले पहिले नै भने जस्तै आईफोन एसई ४ सन् २०२५ को स्प्रिङ्गमा घोषणा हुनेछ भनि सुन्नमा आएको छ। हालको आईफोन एसईको मूल्य ४२९ अमेरिकी डलर रहेको छ भने अर्को पुस्ता धेरै महँगो हुने र सम्भावित रूपमा ४५९ अमेरिकी डलर र ४९९ अमेरिकी डलर बीचको मूल्य हुने विश्लेषकहरू विश्वास गरेका छन्।

प्रकाशित: १८ मंसिर २०८१, मंगलवार

तपाइको प्रतिक्रिया