
काठमाडौं ।
शाओमीले आफ्नै इन–हाउस विकसित चिपसेटमा काम गरिरहेको नयाँ रिपोर्टले उल्लेख गरेको छ। क्वालकम र मिडियाटेकमा आफ्नो निर्भरता कम गर्नको लागी कम्पनीको यो कदम आएको बताइएको छ।
ब्लूमबर्गको रिपोर्टले शाओमीको प्रोसेसरको ठूलो उत्पादन अर्को वर्ष सुरु हुने बताएको छ। कम्पनीले अर्को वर्ष नै उक्त प्रोसेसर भएको नयाँ फोन पनि लन्च गर्नेछ ।
चिनियाँ अधिकारीहरूले बारम्बार स्थानीय फर्महरूलाई विदेशी प्रविधिमा आफ्नो निर्भरतालाई सकेसम्म कम गर्न आग्रह गरेका छन् र शाओमीले पनि सोही सन्देशलाई स्पष्ट रुपमा अवलम्बन गरेको देखिन्छ।
यद्यपि यो चिप कसरी अवस्थित हुनेछ र बजारको कुन भागमा प्रयोग हुनेछ भनेर हेर्न पर्खनु पर्नेछ। साथै, क्वालकम र मिडियाटेक जस्ता प्रतिस्पर्धीहरूको तुलनामा यसले कत्ति राम्रो प्रदर्शन गर्नेछ भनेर हेर्नको लागि पनि पर्खनुको कुनै विकल्प नभएको रिपोर्टमा भनिएको छ।
शाओमीले आर एन्ड डी मा यो वर्षको २४ बिलियन चिनियाँ युआन (३.३ बिलियन अमेरिकी डलर) भन्दा बढि सन् २०२५ मा लगभग ३० बिलियन चिनियाँ युआन (४.१ बिलियन अमेरिकी डलर) लगानी गर्ने योजना बनाएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
हाल कम्पनीले क्वालकम र मिडियाटेक दुबैबाट तयार पारिएका प्रोसेसर प्रयोग गरिरहेको छ। यी प्रोसेसरहरू कम्पनीको फ्ल्यागशिप स्मार्टफोनदेखि बजेट फोनहरूमा प्रयोग गरिन्छ।
प्रकाशित: १३ मंसिर २०८१, बिहीबार