आईफोन १५ यस वर्षको तेस्रो त्रैमासमा विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन बन्न सफल

  • Technology Khabar | २४ कार्तिक २०८१, शनिबार
आईफोन १५ यस वर्षको तेस्रो त्रैमासमा विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन बन्न सफल

काठमाडौं ।

काउन्टरपोइन्टको बजार अनुसन्धानका अनुसार भ्यानिला आईफोन १५ यस वर्षको तेस्रो त्रैमासिकमा विश्वमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन बन्न सफल भएको छ। साथै उक्त ह्यान्डसेटलाई आईफोन १५ प्रो म्याक्स र १५ प्रोले पछ्याएको उल्लेख छ।

यद्यपि शीर्ष १० मा भने सामसङले धेरै स्थानहरू लिन सफल भएको र जसमध्ये कम्पनीको बजेट ग्यालेक्सी ए सिरिजले धेरै स्थानहरू ओगटेका छन्। शाओमीको रेडमी १३सी लाई पछि पार्दै ग्यालेक्सी एस२४ दशौं स्थानमा रहेको उल्लेख छ।

कुल मिलाएर यी शीर्ष १० वटा स्मार्टफोनले सेप्टेम्बर त्रैमासिकमा कुल बिक्रीको प्रभावशाली रुपमा १९ प्रतिशत ओगटेको छ।

त्यसैगरी प्रयोगकर्ताहरूले अब उदीयमान बजारहरूका साथ हाई–इण्ड फोनहरू चयन गरेका हुनाले उपभोक्ता मागमा उल्लेखनीय परिवर्तन भएको उल्लेख गरिएको छ।

उचित ट्रेड–इन प्रस्तावहरू र स्थानीय वित्तीय योजनाहरूको कारण आईफोन १५ प्रो र १५ प्रो म्याक्सले ती बजारहरूमा उल्लेखनीय वृद्धि देखेको थप उल्लेख गरिएको छ।

सामसङको ग्यालेक्सी एस२४ सन् २०१८ पछि तेस्रो त्रैमासिकमा शीर्ष १० मा स्थान प्राप्त गर्ने पहिलो ग्यालेक्सी एस सिरिज फोन बन्न सफल भएको छ।

शाओमीको रेडमी १३सीले आफ्नो पूर्ववर्ती रेडमी १२सी को सफलतामा निरन्तरता दिँदै यस खण्डमा आफ्ना प्रतिद्वन्द्वीहरूको विशाल बहुमत भन्दा राम्रो स्पेक्स प्रदान गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २४ कार्तिक २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार