Technology Khabar २४ कार्तिक २०८१, शनिबार
काठमाडौं ।
शक्तिशाली मोटरसाइकल निर्माता कम्पनी रोयल इन्फिल्ड विद्युतीय सवारीसाधन (ईभी) क्षेत्रमा प्रवेश गरेको छ। कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल फ्लाईङ्ग फ्ली सी६ (Flying Flea C6) अनावरण गरेको छ। रोयल इन्फिल्डको आगामी विद्युतीय मोटरसाइकललाई ‘फ्लाइङ फ्ली’ ब्राण्ड अन्तर्गत ल्याइनेछ।
यो नयाँ मोटरसाइकल होइन, नयाँ सब-ब्रान्ड आरई अन्तरगत लन्च गरिएको हो। वास्तवमा, रोयल इन्फिल्डले यसको लागि सब-ब्रान्डको बाटो समातेको छ। यो सब-ब्रान्डले सन् २०२६ मा आफ्नो पहिलो मोटरसाइकल लन्च गर्नेछ।
कम्पनीको नयाँ इलेक्ट्रिक मोटरसाइकल १९४० को दशकको फ्लाइङ फ्ली मोटरसाइकलबाट प्रेरित छ, जुन दोस्रो विश्वयुद्धमा प्रयोगको लागि बनाइएको थियो। दोस्रो विश्वयुद्धमा यी मोटरसाइकललाई प्यारासुटबाट खसालिएको थियो। यसको प्रयोगले दुर्गम क्षेत्रहरूमा आवतजावतमा सैनिकहरूलाई मद्दत गर्यो।
रोयल इन्फिल्डको यो इलेक्ट्रिक मोटरसाइकलको डिजाइनले फरक लुक दिएको छ। यसको अगाडि गोलो एलईडी हेडलाइट र गर्डर फोर्कहरू छन्। तर, रोयल इन्फिल्डको पेट्रोलबाट चल्ने मोटरसाइकलको विपरीत, यसमा १७ इन्चको मात्र टायर छ। यसमा नक्कली एल्युमिनियम फ्रेम पनि राखिएको छ। यसको अर्थ कम्पनीले यो मोटरसाइकललाई राम्रो रेन्जसहितको आधुनिक क्लासिक सेग्मेन्टमा राख्न चाहन्छ। यससँगै यसले बजारमा पहिलेदेखि नै रहेका विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनसँग प्रतिस्पर्धा गर्न सक्नेछ।
तर, यो विद्युतीय मोटरसाइकलको उचाइ अलि कम छ। मोटरसाइकलको दुई सिटे संस्करण पनि ल्याइनेछ। यसमा राउण्ड टिएफटी डिस्प्ले पनि हुनेछ। यो अनुमान गरिएको छ कि फ्लाइङ फ्ली सी६ मा १००-१५० किलोमिटरको दायराका साथ एउटा फिक्स्ड ब्याट्री हुन सक्छ। यसमा राम्रो पावर र टर्क पनि हुन सक्छ। कम्पनीले यो इलेक्ट्रिक मोटरसाइकलको बाँकी स्पेसिफिकेशनको बारेमा जानकारी दिएको छैन।
प्रकाशित: २४ कार्तिक २०८१, शनिबार