अमेरिकामा आईफोन १६ को सुस्त सुरुवात

  • Technology Khabar | १७ कार्तिक २०८१, शनिबार

काठमाडौं ।

बेसलाईन (आधारभूत) आईफोन १६ ले धेरै उपभोक्ता ध्यान आकर्षित नगरिरहेको प्रख्यात एप्पल विश्लेषक मिङ–ची कुओले बताएका छन्। कन्जुमर इन्टेलिजेन्स रिसर्च पार्टनर्स (सीआईआरपी) को पछिल्लो रिपोर्टले सेप्टेम्बरमा समाप्त भएको त्रैमासिकको लागि आईफोन मोडेल वितरणको विस्तृत ब्रेकडाउनको साथ थप प्रमाण दिएको र जुन अमेरिकामा बिक्रीको १६ सिरिजको पहिलो दुई हप्तासँग मेल खाने उल्लेख गरिएको छ।

तथ्याङ्कहरूका अनुसार, बेसलाईन (आधारभूत) आईफोन १६ ले सबै आईफोनहरूको ४ प्रतिशत मात्र ओगटेको बताइएको छ जुन गत वर्षको आईफोन १५ को १० प्रतिशत सेयरको तुलनामा उल्लेखनीय कमी भएको उल्लेख गरिएको छ। त्यसैगरी सबै आईफोनहरूको ४ प्रतिशतको लागी योगदान पुर्याउँदै १६ प्लसले भने आफ्नो पूर्ववर्तीले भन्दा थोरै राम्रो गरेको छ। साथै १६ प्रोले गत वर्षको आईफोन १५ प्रोसँग मेल खाएको बताइएको छ भने १६ प्रो म्याक्स आफ्नो पूर्ववर्ती भन्दा कम रोजाइमा परेको उल्लेख गरिएको छ।

यस वर्ष आईफोन १६ सिरिजको संयुक्त शेयर (२० प्रतिशत) एक वर्ष अघिको आईफोन १५ मोडलहरू (२८ प्रतिशत) भन्दा कम भएको उल्लेख छ। यस सेप्टेम्बरमा सबै आईफोन बिक्रीको ५६ प्रतिशत श्रेय आईफोन १५ सिरिजले दिइएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १७ कार्तिक २०८१, शनिबार

तपाइको प्रतिक्रिया