बीवाईडीलाई टक्कर दिन हाइब्रिड पद्धतिको गाडी निर्माणमा जुट्यो चिनियाँ अटो निर्माता गीली

  • Technology Khabar | १५ कार्तिक २०८१, बिहीबार
बीवाईडीलाई टक्कर दिन हाइब्रिड पद्धतिको गाडी निर्माणमा जुट्यो चिनियाँ अटो निर्माता गीली

काठमाडौं ।

चीनको गीली अटोमोबाइल होल्डिङ्स ले बुधबार आफ्नो नयाँ हाइब्रिड प्रविधि सार्वजनिक गर्‍यो जसले स्थानीय प्लग-इन हाइब्रिड क्षेत्रमा अग्रणी कम्पनी बीवाईडीभन्दा अझ राम्रो इन्धन खपत र ड्राइभिङ रेन्जको दावी गरेको छ।

गीलीका अनुसार यो Leishen EM-i प्रविधिले प्रति १०० किलोमिटर (६२.१ माइल) मा मात्र २.६२ लिटर इन्धन खपत गर्छ र पेट्रोल तथा ब्याट्री दुवै प्रयोग गर्दा २,३९०.५ किलोमिटरको संयुक्त ड्राइभिङ रेन्ज दिन्छ। यसअघि बीवाईडीले मे महिनामा आफ्नो नयाँ प्लग-इन हाइब्रिड प्रणाली सार्वजनिक गर्दा ब्याट्री सकिएपछि २.९ लिटर प्रति १०० किलोमिटर इन्धन खपत र पूर्ण चार्ज र पेट्रोल ट्यांकीको सहायतामा २,१०० किलोमिटरको ड्राइभिङ रेन्ज दिन्छ भन्ने दावी गरेको थियो।

गीली को पहिलो Leishen हाइब्रिड प्रणालीयुक्त कार ग्यालेक्सी स्टारशिप ७ क्रसओभरले वास्तविक सडक परीक्षणमा प्रति १०० किलोमिटरमा तीन लिटर इन्धन खपत गर्न सक्ने गीलीले बतायो। साथै यो Leishen हाइब्रिड प्रविधि रेनो, भल्भो र लोटस ब्रान्डका गाडीहरूमा पनि प्रयोग गरिने रोयटर्सले उल्लेख गरेको छ।

गीलीले बीवाईडीसँगको प्रतिस्पर्धामा आफ्नो खाडल कम गर्दै चीनको ठूलो अटो बजारमा उत्कृष्टता हासिल गर्ने लक्ष्य राखेको छ। चीनको कमजोर अर्थतन्त्रले विद्युतीय गाडीको बिक्रीमा दबाब परिरहेको बेला, हाइब्रिड प्रविधिको प्रतिस्पर्धा थप तीव्र बनेको छ।

यस वर्षको पहिलो नौ महिनामा चीनमा ईभी र प्लग-इन हाइब्रिड बिक्रीमा बीवाईडी ३४.६% बजार हिस्सा सहित अग्रस्थानमा रहँदा, दोस्रो स्थानमा ७.४% बजार हिस्सासहित गीली रहेको थियो। टेस्लाले ६.५% बजार हिस्सासहित तेस्रो स्थानमा थियो।

प्रकाशित: १५ कार्तिक २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Car crisis takes toll on Germany’s young engineers

  • Technology Khabar
  • १५ कार्तिक २०८१, बिहीबार