
काठमाडौं ।
सामसङले चीनमा प्रत्येक वर्ष आफ्नो ग्लोबल जेड–सिरिज मोडेलहरूमा आधारित विलासी डिजाइन तत्वहरू, विशेष सुविधाहरू र परिष्कृत र्याम र भण्डारणसहितको डब्ल्यू–सिरिजका फोल्डेबलहरू प्रस्तुत गर्दछ।
हालै, सामसङको डब्ल्यू२५ फ्लिप (ग्यालेक्सी जेड फ्लिप ६ मा आधारित) र डब्ल्यू२५ (हालसालै लन्च गरिएको ग्यालेक्सी जेड फोल्ड स्पेशल एडिसनमा आधारित) आधिकारिक रूपमा कम्पनीको वेबसाइटमा सूचीबद्ध गरिएको छ भने तिनीहरूको युनिक फिचर्सका साथै प्रिमियम डिजाइन पनि प्रदर्शन गरिएको उल्लेख गरिएको छ।
दुबै फोनहरू सेरामिक ब्ल्याक ब्याक प्यानलको साथ स्टाइल गरिएको छ भने तिनीहरुमा “हार्ट टु द वर्ल्ड” लोगो, गोल्ड (सुनको) आल्मुनियम फ्रेम र रिफाइण्ड हिन्ज रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।
१. सामसङ डब्ल्यू२५ फ्लिप
सामसङ डब्ल्यू२५ फ्लिपमा ६.७ इन्चको मुख्य स्क्रिन र ३.४ इन्चको बाह्य डिस्प्ले फिचर गरिएको छ। प्रयोगकर्ताहरूले यसबाट “क्लाउड फ्यान एलिगेन्स” र सिमलेस एप एक्सेस सहित एक्सक्लुसिभ डायनामिक वालपेपरहरूको मजा लिन सक्ने उल्लेख गरिएको छ।
त्यसैगरी डिभाइसमा रहेको ५० मेगापिक्सेलको मुख्य क्यामराले उन्नत एआई–आधारित अटोफोकसलाई समर्थन गर्ने उल्लेख गरिएको छ। साथै यसले सुधारिएको शटहरूको लागि विषयहरू पत्ता लगाउन सक्ने थप उल्लेख गरिएको छ।
अपेक्षाकृत स्लिक्स फ्लिप फोनको मुख्य क्यामराले २× अप्टिकल जुमलाई समर्थन गर्ने कम्पनीले दाबी गरेको छ भने जसले सार्प ईमेजहरू खिच्ने हार्ड–कोर क्षमता प्रदर्शन गर्नुका साथै प्रत्येक शटर क्लिकलाई सुन्दर क्षणहरूको स्पष्ट क्याप्चर पनि बनाउने उल्लेख गरिएको छ।
एआई फिभर्स (सुविधाहरू) मा च्याट एसिस्टेन्ट, रियल–टाइम ट्रान्सलेसन, ट्रान्सक्रिप्शन र न्यू–जेनेरेसन बिक्सबी समावेश गरिएका छन्।
२. सामसङ डब्ल्यू२५
बुक–स्टायल (पुस्तक–शैलीको) फोल्डेबलले क्लासिक बुक–स्टायल फोल्डेबल डिजाइन कायम राखेको छ भने यो प्रोडक्टिभिटी र मनोरन्जनको लागि उत्तम भएको उल्लेख गरिएको छ।
यसमा ८ इन्चको मुख्य स्क्रिन र ६.५ इन्चको बाहिरी स्क्रिन (जेड फोल्ड स्पेशल एडिसन जस्तै) रहेको उल्लेख गरिएको छ। साथै यसलाई ओपन (खोलेर) गरेर मल्टिटास्किङ र ट्याब्लेट जस्तो रुपमा प्रयोग गर्न सकिने उल्लेख गरिएको छ। यसको मापन खोल्दा ४.९एमएम र बन्द गर्दा १०.६ एमएम हुन्छ भने यसको तौल २५५ ग्राम रहेको थप उल्लेख गरिएको छ।
यसको क्ल्यामशेल समकक्ष जस्तै डब्ल्यू२५ ले प्रिमियम इन–ह्यान्ड अनुभव सुनिश्चित गर्दै आफ्नो सेरामिक ब्ल्याक र गोल्ड डिजाइनको साथ सुन्दरतालाई जोड दिएको उल्लेख गरिएको छ। साथै यसमा रहेको अल्ट्रा–हाई रिजोल्युसन २०० मेगापिक्सेलको मुख्य क्यामरा यस फोनको हाइलाइटहरू मध्ये एक भएको उल्लेख गरिएको छ।
यसबाहेक दुबै डिभाइसहरूमा समावेश गरिएका स्न्यापड्र्यागन ८ एलिट (ग्यालेक्सी भेरियन्टका लागि ) चिपसेटले आफ्नो पूर्ववर्ती भन्दा प्रभावशाली प्रदर्शन सुधारहरू प्रदान गर्ने उल्लेख गरिएको छ। ३एनएम प्रक्रियामा निर्मित चिपसेटले ४५ प्रतिशत पर्फमेन्स वृद्धि र ४४ प्रतिशत राम्रो पावर इफिसियन्सी ल्याएको थप उल्लेख गरिएको छ। यसले फास्टर (छिटो), स्मुथ पर्फमेन्स सुनिश्चित गर्दै ब्याट्री लाइफ बढाउने उल्लेख गरिएको छ। साथै यसले इफिसियन्ट मल्टिटास्किङ, फास्टर रेस्पोन्स टाइम र राम्रो कनेक्टिभिटी सक्षम पार्दै एआई फङ्गसनहरू पनि बढाउने छ।
दुबै मोडलहरूको लागि पूर्व दर्ता अब सामसङको आधिकारिक वेबसाइटमा खुला गरिएको गीज्मोचाइनामा उल्लेख गरेको छ।

प्रकाशित: १२ कार्तिक २०८१, सोमबार