एक महिनामा ३ अर्बभन्दा बढीको स्मार्टफोन नेपाल भित्रियो

  • Technology Khabar | ११ कार्तिक २०८१, आईतवार
एक महिनामा ३ अर्बभन्दा बढीको स्मार्टफोन नेपाल भित्रियो

काठमाडौं ।

काठमाडौं ।

नेपालमा स्मार्टफोनको आयात बढ्दो क्रममा रहेको देखिएको देखिएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात क्रमश: बढ्दै गएको देखिन्छ।

चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो महिना अर्थात् असोज मसान्तसम्म जम्मा ९ अर्ब ८३ करोड २८ लाख ९८ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। यस अवधिमसम्म उक्त रकम बराबरको ६ लाख ५५ हजार ६३१ थान स्मार्टफोन आयात भएको हो।

एक महिनाअघि अर्थात् भदौ मसान्तसम्म ६ अर्ब ७९ करोड ८१ लाख ५८ हजार रुपैयाँ बराबरको ४ लाख ५४ हजार ९५८ थान स्मार्टफोन आयात भएको थियो। तुलनात्मक हिसाबले हेर्दा भदौ मसान्तदेखि असोज मसान्तसम्मको एक महिनाको अवधिमा नेपालमा ३ अर्ब १२ करोड ४७ लाख ४० हजार रुपैयाँ बराबरको २ लाख ६७३ थान स्मार्टफोन आयात भएको तथ्याङ्कले देखाएको छ।

गत आर्थिक वर्ष २०८०/८१ को भदौ मसान्तसम्म ५ अर्ब ३६ करोड  ५२ लाख ११ हजार रुपैयाँ बराबरको ३ लाख ६६ हजार ४८१ थान स्मार्टफोन आयात भएको थियो।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म सरकारले स्मार्टफोनको आयातबाट जम्मा १ अर्ब ८३ करोड ३५ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। अघिल्लो महिनाको मसान्तसम्म सरकारले स्मार्टफोन आयातबाट १ अर्ब २५ करोड ८ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको थियो।

असोज मसान्तसम्मको अवधिमा नेपालमा विश्वका विभिन्न ४५ मुलुकबाट स्मार्टफोन भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। तर तीमध्ये केही मुलुकबाट व्यावसायिक हिसाबले ठूलो परिमाणमा र धेरै मुलुकबाट व्यक्तिगत प्रयोजनका लागि १० भन्दा कम थान स्मार्टफोन आएको पाइएको छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। असोज मसान्तसम्ममा पनि ९ अर्ब ८३ करोड २८ लाख ९८ हजार रुपैयाँमध्ये चीनबाट ६ अर्ब ३५ करोड ७३ लाख १५ हजार रुपैयाँ बराबरको ४ लाख ७३ हजार ४०८ थान स्मार्टफोन आयात भएको छ।

भारतबाट असोज मसान्तसम्म जम्मा ९ अर्ब ८३ करोड २८ लाख ९८ हजार रुपैयाँमध्ये ३ अर्ब ३३ करोड ९४ लाख ८३ हजार रुपैयाँ बराबरको १ लाख ८० हजार ७४२ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

यस्तो छ विवरण:

अधिक परिमाण (३ अंकदेखि माथि)

क्रं स देश विवरण (थान) रकम (हजारमा)
चीन ४७३४०८ ६३५७३१५
भारत १८०७४२ ३३३९४८३
जापान ३२६ २४३२९
अमेरिका ३०० ३३३८७
यूएई २४७ २९५०१
दक्षिण कोरिया १२३ ८४०३

 

मध्यम परिमाण (२ अंकसम्म)

क्रं स देश विवरण (थान) रकम (हजारमा)
अस्ट्रेलिया ८७ ९०६२
कतार ८६ १०२२४
कुवेत ६२ ९४०
हङकङ ५० ३३८३
बेलायत ४१ ४२२०
भियतनाम २३ ७४३
क्यानडा २८ ३२६७
मलेसिया १८ ७७१

 

न्यून परिमाण (१ अंकमा सीमित)

क्रं स देश विवरण (थान)
बंगलादेश
पोर्चुगल
जर्मनी, ओमन
डेनमार्क, पोल्याण्ड
बेल्जियम, इजरायल, केन्या, लक्जम्बर्ग
अस्ट्रिया, बुल्गेरिया, फिनल्याण्ड, फ्रान्स, घाना, इटली, इराक, जोर्डन, कोसोभो, माल्दिभ्स, नर्वे, उज्बेकिस्तान

प्रकाशित: ११ कार्तिक २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...