
काठमाडौं ।
ह्वावेले आफ्नो नयाँ अपरेटिङ सिस्टम हार्मोनीओएस नेक्स्टको आधिकारिक घोषणा गरेको छ। यो एण्ड्रोइडबाट स्वतन्त्र रूपमा निर्माण गरिएको ह्वावेको पहिलो अपरेटिङ सिस्टम हो जसले यसको उपकरणहरूलाई पूर्ण रूपमा इन-हाउस ओएसमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ।
हार्मोनीओएसले नेक्स्ट हाल चीनमा विश्वव्यापी रिलिजको पुष्टि पहिलै गरिसकेको ह्वावेका हालका र भविष्यका उपकरणहरूलाई समर्थन गर्ने बुझिएको छ। यसले स्मार्टफोन, पहिरन योग्य वेयरेबल्स, स्मार्ट होम एपुलायन्सेज र कारको ककपिट जस्ता व्यापक उपकरणहरूको दायरामा काम गर्ने उल्लेख गरिएको छ।

हार्मोनीओएसले नेक्स्टले ओपनहार्मोनी ओपन-सोर्स कोरमा आधारित एक स्व-विकसित माइक्रोकेर्नल प्रयोग गर्छ। यसले ह्वावे आर्क कम्पाइलर र ह्वावे मोबाइल सर्भिसेज (एचएमएस) मार्फत एप्लिकेसनलाई समर्थन गर्दै हार्मोनीओएस नेक्स्ट उपकरणहरू, क्लाउड र विभिन्न उपकरणका फर्म फ्याक्टरहरूबीच सहज एकीकृत आर्किटेक्चरको वाचा गर्छ।
हार्मोनीओएस नेक्स्ट इकोसिस्टममा हाल १५ हजार एप्लिकेसन र सेवाहरू समावेश रहेका र थप आउँदै गरेका ह्वावेका उपभोक्ता व्यापार समूहका अध्यक्ष रिचार्ड युले घोषणा गरे। हार्मोनीओएसका अघिल्ला संस्करणहरू हाल विश्वभर १ अर्ब भन्दा बढी उपकरणहरूमा चलिरहेका पनि पाइएको छ। यसमा स्मार्टफोन, ट्याब्लेट, स्मार्ट वेयरेबल्स, स्मार्ट घर र कार इन्फोटेन्मेन्ट प्रणालीहरू समावेश छन्।

हार्मोनीओएस नेक्स्ट ले नयाँ लकस्क्रिन र होम स्क्रिन अनुकूलन विकल्पहरू, पुन: डिजाइन गरिएको नियन्त्रण केन्द्र, छिटो एनिमेसन र एप्लिकेसन सुरूवात गति सहितको ताजा विशेषता बोकेको छ। यसमा प्रणाली-स्तरीय एआईमा आधारित पाङ्गु लार्ज ल्याङ्ग्वेज मोडलद्वारा सञ्चालित प्रभावशाली एआई सुविधाहरू पनि छन्।
जीएसएमएरिनाका अनुसार ह्वावेले सफ्टवेयर मोड्युलहरू बीच सञ्चारमा ३० प्रतिशत सुधार र २० प्रतिशत कम ऊर्जा खपत प्राप्त गर्न पनि सफल भएको छ। ह्वावे शेयर २.० ले उपकरणहरू बीच सहज जडान र फाइल साझेदारी गर्न सघाउ पुर्याउँछ। दुई हार्मोनीओएस नेक्स्ट उपकरणहरू बीच १.२ जीबीको फाइल केवल ८ सेकेन्डमा स्थानान्तरण गर्न सकिने ह्वावेको दावी छ।

सुरक्षाका लागि हार्मोनीओएस नेक्स्टले प्रणाली-स्तरीय सुरक्षा भएको स्व-विकसित स्टार शिल्ड आर्किटेक्चर उपलब्ध गराएको छ। ह्वावेले चीनका प्रयोगकर्ताहरूका लागि हार्मोनीओएस नेक्स्ट को सार्वजनिक बीटा संस्करण वितरण गर्दैछ। यो बीटा भर्जन समर्थन गरिएका उपकरणहरूको सूचीमा प्युरा ७० सिरिज, ह्वावे पकेट २ र मेटप्याड प्रो११ (२०२४) समावेश रहेको जनाइएको छ।
प्रकाशित: ९ कार्तिक २०८१, शुक्रबार