ताजा समाचार

नेपाल टेलिभिजन र रेडियो नेपाल गाभिएर अब सार्वजनिक सेवा प्रसारण संस्थाका रुपमा संचालन हुने

नेपाल टेलिभिजन र रेडियो नेपाल गाभिएर अब सार्वजनिक सेवा प्रसारण संस्थाका रुपमा संचालन हुने
Global IME Bank

नेपाल टेलिभिजन र रेडियो नेपाल गाभिएर सार्वजनिक सेवा प्रसारण संस्था स्थापना हुने भएको छ।

सार्वजनिक सेवा प्रसारण ऐन, २०६१ राजपत्रमा प्रकाशित भएको ३१ औं दिन देखि कार्यान्वयनमा आउने र सो ऐन अनुसार नेपाल टेलिभिजन र रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) गाभिइ सार्वजनिक सेवा प्रसारण संस्था स्थापना हुनेछ।

उक्त संस्था स्थापना नहुँदासम्मको लागि नेपाल टेलिभिजन र रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरको बैठकबाट गत  कार्तिक २ भएको निर्णय अनुरुप काम कारबाही गर्न गराउन मन्त्रालयले एउटा सूचना प्रकाशित गरी दुई बुँदे निर्देशन दिएको छ।

निर्देशनका बुँदाहरु:

१. सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ जारी भैसकेको सन्दर्भमा संस्थालाई दीर्घकालीन दायित्व पर्ने र दीर्घकालीन असर प्रभाव पार्ने कार्य नगर्ने र गर्ने पर्ने अवस्था भए मन्त्रालयको पूर्व स्वीकृति लिएर मात्र गर्ने।

२. सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ को कार्यान्वयनको लागि सार्वजनिक सेवा प्रसारण नियमावली तर्जुमाको क्रममा रहेकोले नियमावलीमा समावेश गर्नुपर्ने कुनै विषय भए लिखित रुपमा मन्त्रालयमा उपलब्ध गराउने।

Sajilo Visa
easy care