सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा: २०० मेगापिक्सेल क्यामरासहित ४ रंगमा उपलब्ध हुने

  • Technology Khabar | ५ कार्तिक २०८१, सोमबार
सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा: २०० मेगापिक्सेल क्यामरासहित ४ रंगमा उपलब्ध हुने

काठमाडौं ।

जनवरी २०२५ मा सार्वजनिक हुने अनुमान गरिएको सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा कालो, हरियो, नीलो, र टाइटेनियम गरी चारवटा नियमित रंगहरूमा उपलब्ध हुने बुझिएको छ। यसबाहेक अनलाइन-विशेष रंगहरू पनि हुन सक्ने तर तिनको बारेमा अझै स्पष्ट जानकारी नभएको जनाइएको छ।

जीएसएमएरिनाका अनुसार सामसङले ग्यालेक्सी एस२५ अल्ट्राबारे औपचारिक रूपमा केही भनेको छैन तर लीक भएका तस्वीरहरूका अनुसार यसमा अगाडि पञ्च-होल डिस्प्ले हुनेछ र पछाडि नयाँ क्यामरा डिजाइन हुनेछ। क्यामराहरूको लेआउट उस्तै हुनेछ तर हरेक क्यामेरा लेन्सको वरिपरि बाक्लो, कालो रिङ हुनेछ।

अफवाहहरुका अनुसार पछाडिको क्यामरा सेटअपमा २०० मेगापिक्सेल प्राथमिक क्यामेरा (आइएसओसेल एचपी२) ५० मेगापिक्सेल अल्ट्रावाइड, १० मेगापिक्सेल टेलिफोटो (३x अप्टिकल) र ५० मेगापिक्सेल टेलिफोटो (५x अप्टिकल) क्यामेरा हुनेछ। सेल्फी क्यामेरा १२ मेगापिक्सेल सेन्सरको हुने बताइएको छ।

प्रकाशित: ५ कार्तिक २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...