डाटाबेस र एप्लिकेशनबीच ‘कनेक्टिभिटी’मा समस्या आउँदा नागरिक एप डाउन

  • Technology Khabar | १ कार्तिक २०८१, बिहीबार
डाटाबेस र एप्लिकेशनबीच ‘कनेक्टिभिटी’मा समस्या आउँदा नागरिक एप डाउन

काठमाडौं ।

केही समयदेखि नागरिक एपमा प्राविधिक समस्या देखिएको छ। सामान्य हिसाबले एपमा ट्याप गर्दा केही समय प्रोसेसिङ टाइम लिएपछि ‘अन्फर्चुनेटली, समथिङ वेन्ट रङ। प्लिज ट्राइ अगेन लेटर! भन्ने सन्देश आउँछ। होमपेज पूरै खाली देखिन्छ।

होमपेजमा भएका होम, डकुमेन्ट, नोटिफिकेशन र एक्टिभिटी बटनहरु प्रेस हुन्छन् तर तिनीहरुले सम्बन्धित पेज लोड गर्न सक्दैनन्।

माइ डिटेल्समा हेर्दा पनि नो डाटा फाउण्ड भन्ने सन्देश आइरहेको छ। यस सम्बन्धमा सूचना प्रविधि विभागका अधिकारीहरुका अनुसार डाटाबेस र एप्लिकेशनबीच कनेक्टिभिटीमा समस्या आइरहेकोले डाटाबेसमा रहेका कुनै पनि फीड एप्लिकेशनले तान्न नसकिरहेको अवस्था छ।

समस्या देखिएपछि प्राविधिक टोलीले काम गरिरहेको र केही समयमा सेवा पुन: सुचारु हुने विभागका एक अधिकारीले बताए।

प्रकाशित: १ कार्तिक २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...