
काठमाडौं ।
निम्बजले २ सयभन्दा बढी देशहरुमा प्रयोग गर्न मिल्ने डाटा ई-सिम सार्वजनिक गरेको छ। निम्बज डाटा ई-सिम भौतिक सिम आवश्यक नपर्ने डिजिटल सिम हो र सले संसार भरका २ सयभन्दा बढी देशहरूमा सबैभन्दा सस्तो “रोमिङ-फ्री” डाटा प्याकेजहरू प्रदान गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार जुनसुकै देशमा जानु अघि निम्बज ई-सिम नेपालमै किन्न सकिन्छ र गन्तव्य देशमा पुग्नासाथ आफ्नो निम्बज ई-सिमलाई अन गरेर इन्टरनेट ब्राउज गर्न सकिन्छ।
यसबाट सिम कार्ड राख्ने र हराउने चिन्ता कम हुने र विदेशी भूमिमा पुगेपछि महँगो सिम किन्न लाइनमा बस्नुपर्ने, लामो समय लाग्ने केवाईसी फारम भर्नुपर्ने र विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने झन्झट पनि अब समाप्त हुने कम्पनीको दावी छ।
निम्बज डाटा ई-सिम नेपाली रुपैयाँमा बिना केवाईसी, नयाँ सिम कार्ड इन्स्टल नगरी, केवल १२० सेकेन्ड भित्र खरिद गर्न सकिन्छ। समाप्त हुन लागेको प्याकेजलाई पनि सजिलै रिचार्ज गर्न सकिन्छ।
निम्बज डाटा ई-सिमले विदेश गइरहेका आप्रवासी कामदारहरू, विद्यार्थीहरू र यात्रुहरूलाई विशेष रूपमा लाभ पुर्याउनेछ। उनीहरूले आफ्नो गन्तव्य देशका लागि मान्य ई-सिम नेपालमै खरिद गर्न सक्छन् र गन्तव्यमा पुगेपछि डाटा ई-सिम अन गरेर (थप सिम कार्ड वा भीपीएन किन्न नपर्ने गरी) सजिलै आफ्ना प्रियजनहरूलाई कल गर्न र झन्झटबिना अनलाइनमा रहन सक्छन्।
निम्बज डाटा ई-सिम सबै नेपालीहरूले निम्बज एप एन्ड्रोइड र एप्पल फोनमा डाउनलोड गरेर वा निम्बजको वेबसाइट (www.nimbuzz.com) बाट खरिद गर्न सक्छन्। यसका लागि नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त भएको वालेट निम्बज पे भुक्तानी गेटवेको रूपमा साझेदार छ।
यसले गर्दा ग्राहकहरूले सुरक्षित र सजिलै नेपाली रुपैयाँमा भुक्तानी गर्न सक्छन्। अन्य भुक्तानी विकल्पहरूमा भिसा र मास्टरकार्ड पनि उपलब्ध छन्।
निम्बजको डिजिटल सिम किन किन्ने?
निम्बजको डाटा ई-सिमले तपाईंलाई सबैभन्दा सस्तो दरमा विदेशमा रोमिङ-फ्री सेवा दिन्छ, जसलाई नेपालमै किन्न सकिन्छ, केवाईसी बिना र नेपाली रुपैयाँमा!
निम्बज एक “सुपर-एप” हो, जसमा च्याट र भिडियो कल, सामाजिक सञ्जाल, लाइभ स्ट्रिमिङ, किनमेल, ओटीटी फिल्महरू, डिजिटल वालेट, क्विज, गेम्स र अन्य अनौठो सुविधाहरू जस्ता धेरै फिचरहरू एउटै प्लेटफर्ममा एकीकृत छन्।
निम्बजलाई पहिलो एकीकृत मोबाइल इन्स्ट्यान्ट मेसेन्जर उत्पादनको रूपमा प्रतिष्ठित रेड हेरिङ ग्लोबल १०० अवार्डले सम्मानित गरिएको थियो। निम्बजलाई एओ स्ट्यानफोर्ड समिटमा विश्वका शीर्ष २५० प्रविधि कम्पनीहरूको रूपमा गेम-चेन्जिङ प्रविधिको लागि मान्यता दिइएको थियो, र नेपालबाट यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रविधि पुरस्कार जित्ने एकमात्र कम्पनी हो।
निम्बजले आफ्नो नवीनतम “सुपर-एप” को संस्करण नेपालमा पुनः लन्च गरेको छ। निम्बज एप १००% नेपालमै बनेको हो। एक चौथाई मिलियन भन्दा बढी डाउनलोड पार गर्दै, निम्बजले अब आफ्नो क्रान्तिकारी नयाँ उत्पादन – निम्बज डाटा ई-सिम घोषणा गरेको छ।
प्रकाशित: २३ आश्विन २०८१, बुधबार