निम्बजले अन्तरदेशीय डेलिभरीसहित स्मार्ट अनलाइन किनमेल सेवा सुरु गर्यो

  • Technology Khabar | १८ आश्विन २०८१, शुक्रबार
निम्बजले अन्तरदेशीय डेलिभरीसहित स्मार्ट अनलाइन किनमेल सेवा सुरु गर्यो

काठमाडौं ।

च्याट र भिडियो कल, सामाजिक सञ्जाल, लाइभ स्ट्रिमिङ, किनमेल, ओटीटी फिल्महरू, डिजिटल वालेट, क्विज, खेलहरू र अन्य विशेष सुविधाहरू एउटै प्लेटफर्ममा समाहित गरेको निम्बज (Nimbuzz)ले अब इकमर्श सेवा शुरु गरेको छ।

निम्बजले नेपालमा यसको “सुपरएप” को नवीनतम संस्करण पुनः शुरू गरेको छ। नेपाली एप निम्बजले आधा मिलियनभन्दा बढी डाउनलोड पार गरेसँगै स्मार्ट अनलाइन किनमेल सुविधाको घोषणा गरेको हो।

कम्पनीकाअनुसार १० लाखभन्दा बढी उत्पादनहरू र यसको स्वदेशी लाइभ स्ट्रिमिङ सुविधासहित, प्रयोगकर्ताहरूले अब कुनै अतिरिक्त खर्च नगरी तुरुन्तै लाइभ जान, किनबेच गर्न र एकअर्कासँग अन्तरक्रिया गर्न सक्छन्।

यसैगरी निम्बज पे (Nimbuzz Pay) वालेटमार्फत नेपाली रुपैयाँमा गरिएका निम्बज अनलाइन भुक्तानीले एजेन्टहरूको उच्च लागत हटाउँदछ र यसको “घरको ढोकामा डेलिभरी”ले सबै कस्टम क्लियरेन्सका झन्झटहरू हटाउने दाबी छ।

“प्रत्येक वर्ष खपतमा वृद्धि भए तापनि, सामानहरूको उच्च मूल्यले सामानको मूल्यमा सम्झौता गर्न बाध्य बनाएको छ। Nimbuzz ले उपभोक्ताहरूलाई धेरै बजार विकल्प नहुने र उच्च मूल्य तिर्न बाध्य हुने कुरा बुझ्दछ। यसले आपूर्तिकर्ता र खरिदकर्ताबीचको खाडललाई पुरा गर्नको लागि यो प्लेटफर्म सिर्जना गरेको छ,” कम्पनीले भनेको छ।

ग्राहक वा व्यवसायिक इकाईले निम्बज एप डाउनलोड गर्न सक्दछ वा यसको वेबसाइट (www.nimbuzz.com) मा गएर तुरुन्तै चीनबाट केही वा थोक उत्पादनहरूको अर्डर गर्न सक्दछन भने, नेपाली रुपैयाँमा भुक्तानी गर्न र नेपालमा लगभग ७-१४ दिनको अवधिमा घरैमा डेलिभरी सेवा प्राप्त गर्न सक्ने बताईएको छ।

ग्राहकहरूले निम्बज ट्रान्जिटको क्रममा सबै उत्पादनहरूमा शत प्रतिशत बीमा प्रदान गर्ने जानकारी समेत दिएको छ।

यसका साथै कम्पनीले हाल डेलिभरी चार्जमा ८० प्रतिशत फिर्ता दिने सबै उत्पादनहरूमा निःशुल्क बीमा र निःशुल्क विक्रेता दर्ता अफर ल्याएको जनाएको छ।

प्रकाशित: १८ आश्विन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...