लक्ष्मी इलेक्ट्रोटेकले उपभोक्ताहरु माझ ल्यायो डबल धमाका योजना

  • Technology Khabar | १७ आश्विन २०८१, बिहीबार
लक्ष्मी इलेक्ट्रोटेकले उपभोक्ताहरु माझ ल्यायो डबल धमाका योजना

काठमाडौं ।

लक्ष्मी इलेक्ट्रोटेक प्रा.लि. (एलईटी) ले उपभोक्ताहरु माझ डबल धमाका योजना प्रस्तुत गरेको छ।

यस चाडबाडको उपलक्ष्यमा एलईटीले आफ्ना ग्राहकहरु माझ आकर्षक उपहारहरुको साथै बिशेष मूल्यमा बोशको घरायसी समानहरु उपलब्ध गराउने छ । ग्राहकहरुले प्रत्येक बोशको समान खरिदमा एउटा बोश को मिक्चर ग्राइन्डर प्राप्त गर्न सक्नेछन्।

यो योजना अन्तर्गत ग्राहकहरुले ३० प्रतिशतसम्मको छुट पनि प्राप्त गर्न सक्ने छन् । एलईटीका डाइरेक्टर अनुकूल श्रेष्ठले यस दसैँ तथा तिहारको उपलक्ष्यमा आफ्ना ग्राहक माझ डबल धमाका योजना अन्तर्गत जर्मनीको एक उत्कृष्ट क्वालिटीको ब्रान्ड घरमा ल्याइ आफ्नो खुसियाली मनाउने विश्वास गरे।

यो योजना कार्तिक ३० गतेसम्म देशभर लागु हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १७ आश्विन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार