सीटीईभीटीले निकाल्यो डिप्लोमा र प्रमाणपत्र तहको नयाँ परीक्षा तालिका

  • Technology Khabar | १४ आश्विन २०८१, सोमबार
सीटीईभीटीले निकाल्यो डिप्लोमा र प्रमाणपत्र तहको नयाँ परीक्षा तालिका

काठमाडौं ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले नयाँ परीक्षा तालिका सार्वजनिक गरेको छ। परिषदले आज एक सूचना प्रकाशित गरी नयाँ परीक्षा तालिकाबारे जानकारी दिएको हो।

परिषद्का डिप्लोमा / प्रमाणपत्र तहको मिति २०६१।०६।१३ गते आइतबारका दिन सञ्चालन हुनुपर्ने परीक्षाहरू अकस्मात आएको वर्षा, बाढी तथा पहिरोका लागि स्थगित गरिएकोमा उक्त परीक्षा मिति २०८१/०६/१६ गते पूर्ववतः तोकिएकै परीक्षा केन्द्र र समयमा सञ्चालन हुने जनाएको छ।

यसबाहेक असोज १४ र १५ गतेका परीक्षा भने पूर्ववत् रूपमा परीक्षा तालिका अनुसार नै सञ्चालन हुने परिषदले सूचनामा उल्लेख गरेको छ। यो सूचना www.ctevtexam.org.np मा हेर्न सकिने जनाइएको छ ।

प्रकाशित: १४ आश्विन २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×