ताजा समाचार

टेक्नोले ल्यायो स्पार्क ३० सी स्मार्टफोन, ५० एमपी प्राइमरी क्यामरा र ५००० एमएएचको ब्याट्री

टेक्नोले ल्यायो स्पार्क ३० सी स्मार्टफोन, ५० एमपी प्राइमरी क्यामरा र ५००० एमएएचको ब्याट्री
Global IME Bank

नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ। विशेष गरी जेन जी, कलेज विद्यार्थी, र ट्रेन्डसेटरहरूको लागि डिजाइन गरिएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता, र अत्याधुनिक प्रविधिको संयोजन रहेको छ।

स्पार्क ३० सी को सुरुवाती मूल्य रु १६,४९० (६ं प्लस १२८ जीबी भेरियन्ट) र ८ं प्लस २५६ जीबी भेरियन्टको मूल्य रु १९,९९० राखिएको छ।

सेप्टेम्बर ३० बाट अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध हुने यो फोनले गेमिङ, मल्टिटास्किङ, र मनोरञ्जनको उत्कृष्ट अनुभव प्रदान गर्ने वाचा गरेको छ। ५० एमपी एचडी प्राइमरी क्यामरा, ५००० एमएएच ब्याट्री, र १२० हर्ज डिस्प्ले जस्ता विशेषताहरूले यो फोनलाई अझ आकर्षक बनाएको छ।

साथै थप आकर्षण यसको १२ प्लस १ महिनाको वारेन्टीमा १०० दिन सम्म फोन रिप्लेसमेन्टको ग्यारेन्टी समेत रहेको छ।

टेक्नो नेपालका नेशनल पार्टनर सन्तोष भण्डारीले भने, ‘स्पार्क ३० सीले हाम्रो नवीनता र स्टाइललाई नयाँ उचाइमा पुर्‍याएको छ। यो फोनले युवाहरूको जीवनशैलीसँग मेल खाने विशेषताहरूको संयोजन गरेको छ, जसले उनीहरूलाई भीडमा फरक पहिचान दिलाउँछ।’

टेक्नो मोबाइल इन्डियाका सीईओ अरिजित तलपात्राले भने, ‘टेक्नोले सधैं आफ्ना ग्राहकलाई नवीनतम प्रविधि र सहज पहुँचयोग्य उत्पादनहरू उपलब्ध गराउने लक्ष्य राखेको छ।’

स्पार्क ३० सी को अर्बिट ब्ल्याक, अर्बिट ह्वाइट, र म्याजिक स्किन ग्रीन रंगमा उपलब्धत रहेको जनाएको छ।

टेक्नो ७० भन्दा बढी देशमा संचालन हुने नवीन प्रविधिको ब्रान्ड हो, जसले स्मार्टफोनदेखि स्मार्ट होम उत्पादनहरूको विस्तृत दायरा प्रस्तुत गर्दै आएको छ। ‘स्टप एट नथिङ’ नाराका साथ, टेक्नोले उपभोक्तालाई उत्कृष्ट डिजिटल अनुभव दिन प्रेरित गर्दै प्रविधिमा निरन्तर अगाडि बढ्ने वाचा गरेको छ।

Sajilo Visa
easy care