रोनाल्डोले बनाए सबै प्रमुख सोसल मिडियामा गरी १ अर्ब फलोअरको दुर्लभ रेकर्ड

  • Technology Khabar | २८ भाद्र २०८१, शुक्रबार
रोनाल्डोले बनाए सबै प्रमुख सोसल मिडियामा गरी १ अर्ब फलोअरको दुर्लभ रेकर्ड

काठमाडौं ।

पोर्चुगलका स्टार फुटबलर क्रिश्टियानो रोनाल्डोले सबै प्रमुख सोसल मिडियामा गरी १ अर्ब फलोअर बनाउने दुर्लभ रेकर्ड बनाएका छन्। यसअघि इन्स्टाग्राममा विश्वकै सबैभन्दा धेरै फलोअर बनाएका ३९ वर्षीय यी फुटबल स्टारले युट्युब च्यानल खोलेपछि थुप्रै रेकर्डहरु बनाएका थिए। उनको युट्युब च्यानलको नाम UR Cristiano हो।

उनले च्यानल खोलेको ९० मिनेटमै आफ्नो युट्युब च्यानलमा १० लाख र १२ घण्टामै १ करोड सब्सक्राइबर पुगेका थिए। यो युट्युबमा त्यतिबेलासम्मको रेकर्ड थियो भने क्रिस्टियानो रोनाल्डो यस्तो रेकर्ड बनाउने पहिलो व्यक्ति बनेका छन्।

पाँच पटकको बालोन डी’ओर विजेता ३९ वर्षीया साउदी अरेबियाको क्लब अल नासरबाट खेल्छन्। उनले युट्युबमा रोड टू १ बिलियन, लेट्स कन्टिन्यु ब्रेकिङ रेकर्ड्स टुगेदर भन्ने लाइभ पनि गरेका थिए जसमा उनका फलोअरको सङ्ख्या बिस्तारै बढेर १ अर्ब पुगेको देख्न सकिन्छ।

उनले आफ्नो एक्स एकाउन्टमा पनि ‘वन बिलियन ड्रिम्ज, वन जर्नी’ लेखिएको १B नामको आकर्षक पोस्टर पोस्ट गरेका छन्।

हामीले १ अर्ब फलोअरको इतिहास बनाएका छौं। यो अंकमात्र होइन, यो हामी सबैको लगनशीलता, झुकाव तथा खेलप्रतिको अगाध मायाको प्रमाण हो‘, रोनाल्डोले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्।

यो समाचार तयार पार्दासम्म उनको फेसबुकमा १७ करोड, इन्स्टाग्राममा ६३ करोड, एक्समा ११ करोड, युट्युबमा ६ करोड, वेबोमा ७५ लाख तथा चिनिया छोटो भिडियो प्लेटफर्म कुआइशोउमा ९३ लाख भन्दा बढी फलोअर छन् भने यो सङ्ख्या प्रत्येक सेकेण्ड बढ्दै गइरहेको छ।

करिब २५ दिनअघि युट्युब च्यानल खोलेर उनले पहिलो भिडियो पोस्ट गरेको केही घण्टा पछि, १ करोड भन्दा धेरै सब्सक्राइबरहरू उनको च्यानलमा सामेल भएका थिए।

प्रकाशित: २८ भाद्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell and Nepal Mediciti Hospital partner to offer exclusive healthcare benefits to customers

  • Technology Khabar
  • २८ भाद्र २०८१, शुक्रबार