अन्तरिक्ष यात्रीहरुलाई नलिई बोइङको स्टारलाइनर आइएसएसबाट पृथ्वीमा फर्कने

  • Technology Khabar | २१ भाद्र २०८१, शुक्रबार
अन्तरिक्ष यात्रीहरुलाई नलिई बोइङको स्टारलाइनर आइएसएसबाट पृथ्वीमा फर्कने

काठमाडौं ।

बोइङको स्टारलाइनर अन्तरिक्ष यान शुक्रबार (स्थानीय समय) परिक्रमा गरिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट अलग हुने भएको छ। उक्त यान अन्तरिक्ष यात्री सुनिता विलियम्स र बेरी विल्मोरलाई नलिई पृथ्वीमा फर्कने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बताएको छ।

यानले शनिबार (स्थानीय समय) मा न्यु मेक्सिकोको ह्वाइट स्यान्डर्स स्पेस हार्बरमा अवतरण गर्ने लक्ष्य बनाएको छ।

नासाका अन्तरिक्ष यात्री बेरी ‘बुच’ विल्मोर र सुनिता ‘सुनी’ विलियम्स जुन ५ मा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा आफ्नो पहिलो चालक दलको उडानका लागि जुन ६ मा अन्तरिक्ष स्टेसनमा पुगेका थिए। दुवै अन्तरिक्ष यात्री एउटै उडानबाट पृथ्वीमा फर्कने अपेक्षा गरिएको थियो।

स्टारलाइन परिक्रमा प्रयोगशालामा पुग्दा नासा र बोइङले हिलियम चुहावट र अन्तरिक्ष यान प्रतिक्रिया नियन्त्रण थ्रस्टर्समा समस्याहरू भएको पहिचान गरे । त्यसैले अन्तरिक्ष यात्रीहरूको सुरक्षाका लागि नासाले अगस्ट २४ मा स्टारलाइनर चालक दलबिना स्टेसनबाट पृथ्वीमा फर्कने घोषणा गर्यो ।

बुच विल्मोर र सुनी विलियम्सले कार्गोका साथ स्टारलाइनर प्याकिङ र फिर्ताका लागि यसको क्याबिनलाई कनफिगर गर्ने काम पूरा गरे। नासाले दुवै अन्तरिक्ष यात्रलाई चालक दलबिना प्रस्थानका लागि तयार गर्न बिहीबार दिउँसो अन्तिम पटक स्टारलाइनसको ह्याच बन्द गर्यो।

विल्मोर र विलियम्स अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमै रहनेछन् र नासाको स्पेसएक्स क्रु–९ मिसनका लागि नियुक्त अन्य दुई चालक दलका सदस्यसँग स्पेसएक्स ड्र्यागन अन्तरिक्ष यानमार्फत सन् २०२५ फेब्रुअरीमा घर फर्कनेछन्।

स्पेसएक्स र बोइङ दुवै व्यावसायिक विक्रेताहरू हुन् । यिनीहरूलाई नासाले अमेरिकी–प्रक्षेपण अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पठाउन जिम्मेबारी दिएको छ। रासस/एएनआई

प्रकाशित: २१ भाद्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...