रिलायन्स इन्डस्ट्रिजको मिडिया सम्पत्ति र वाल्ट डिज्नी कम्पनीको मर्जरलाई अनुमोदन

  • Technology Khabar | २० भाद्र २०८१, बिहीबार
रिलायन्स इन्डस्ट्रिजको मिडिया सम्पत्ति र वाल्ट डिज्नी कम्पनीको मर्जरलाई अनुमोदन

काठमाडौं ।

भारतको प्रतिस्पर्धा नियामक, भारतीय प्रतिस्पर्धा आयोगले रिलायन्स इन्डस्ट्रिजको मिडिया सम्पत्ति र वाल्ट डिज्नी कम्पनीको मर्जरलाई अनुमोदन गरेको छ। यो मर्जरपछि रिलायन्सको मिडिया साम्राज्य ८.५ अर्ब डलरको भएको छ।

यो सम्झौता छ महिना अघि घोषणा गरिएको थियो। तर यो भारतीय एन्टीट्रस्ट नियामकको छानबिनमा परेपछि हाल अनुमोदन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

यो मर्जरपछि नयाँ उद्यममा मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रीजको सबैभन्दा बढी हिस्सा हुनेछ।

मर्जरपछि बनेको उद्यमले सोनी, नेटफ्लिक्स र अमेजन जस्ता स्ट्रिमिङ कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नेछ। यस उद्यमसँग महत्त्वपूर्ण क्रिकेट प्रतियोगिताहरू सहित भारतमा हुने अधिकांश खेलकुद घटनाहरू प्रसारण गर्ने अधिकार हुनेछ।

रिलायन्सको मिडिया एसेट र डिज्नीको मर्जर आगामी ६ महिनामा सम्पन्न हुनेछ। मुकेश अम्बानीकी पत्नी नीता अम्बानी नयाँ उद्यमको अध्यक्ष हुनेछिन्।

डिज्नी र रिलायन्सद्वारा प्रदान गरिएका स्ट्रिमिङ सेवाहरूले क्रिकेट खेलहरूको निःशुल्क लाइभस्ट्रिमहरू उपलब्ध गराएर वर्षौंदेखि भारतीय ग्राहकहरूलाई आकर्षित गर्दै आएका छन्।

प्रकाशित: २० भाद्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

सार्वजनिक यातायातमा प्रविधिको निगरानी

  • Technology Khabar
  • २० भाद्र २०८१, बिहीबार
Desktop Popup ImageMobile Popup Image×