Technology Khabar १४ भाद्र २०८१, शुक्रबार
काठमाडौं ।
पछिल्लो समय माइक्रोसफ्टले एएमडीको डेस्कटप राइजेन गेमिङ सीपीयूमा विण्डोज ११ अपडेट गरेपछि यसको पर्फर्मेन्स उल्लेख्य बढेको पाइएको छ।
सामान्यतया र्याम डाउनलोड गर्न सकिन्न तर आधुनिक राइजेन डेस्कटप सीपीयू छ भने राम्रो गेमिंग पर्फर्मेन्श भने डाउनलोड गर्न सकिने भएको हो। एएमडीले गत हप्ता उसले माइक्रोसफ्टसँग मिलेर राइजेन सीपीयूका लागि एउटा अपडेट प्याचमा काम गर्दै गरिरहेको खुलासा गरेको थियो।
कम्पनीका अनुसार यो प्याच माइक्रोसफ्टको अर्को ठूलो विण्डोज ११ संस्करण २४एच२ अर्थात् २०२४ को उत्तरार्द्ध आएको संस्करणको अपडेटमा आउने तय गरिएको थियो। तर अहिले भने माइक्रोसफ्टले यसलाई हालको २३एच२ अर्थात् २०२३ को उत्तरार्द्धमा आएको संस्करणमै लागू गर्ने भएको हो।
यसैको परिणामस्वरूप जेन ४ र जेन ५ डेस्कटप राइजेन सीपीयू जस्तै लोकप्रिय ७८००X3D चिपमा खेलिएको विभिन्न गेमहरूमा महत्वपूर्ण प्रदर्शन सुधार भएको अन्तर्राष्ट्रिय समाचार संस्था द भर्जले उल्लेख गरेको छ।
“प्रयोगकर्ताहरूले Windows update > Advanced options > Optional updates अन्तर्गत KB5041587 हेर्नु पर्नेछ,” AMD ले Wccftech लाई दिएको बयानमा भनेको छ। “हामीलाई लाग्छ KB5041587 राखिएको खण्डमा २४एच३ र २३एच२ बीचको प्रदर्शनमा आउने सुधारधेरै मिल्दोजुल्दो हुनेछ।”
समीक्षकहरूले पहिले नै विण्डोज ११ को २४एच२ अर्थात् २०२४ को उत्तरार्द्धका लागि दिइने अपडेट परीक्षण गर्न सुरु गरिसकेका छन्, जुन सेप्टेम्बरको अन्त्यतिर उपलब्ध हुने अपेक्षा गरिएको छ।
पुरानो राइजेन 7700X मा 1080p मा चलिरहेका धेरै खेलहरूमा औसतमा १० प्रतिशत प्रदर्शन सुधार भएको पाइएको छ। हार्डवेयर अन्बक्स्ड नामक यूट्युब च्यानलले गरेको परीक्षणमा नयाँ राइजेन 9700X मा पनि विण्डोज ११ को २४एच२ मा आउने नियमित अपडेटपछि परीक्षण गर्दा पनि औसतमा ११ प्रतिशत प्रदर्शन सुधार पत्ता लगाएको बताएको छ।
एएमडीका नवीनतम जेन ५ डेस्कटप सीपीयूका लागि प्रारम्भिक बेन्चमार्क परिणामहरूले समीक्षकहरूलाई प्रभावित गर्न सकेन जसले एएमडी र माइक्रोसफ्टले विण्डोज ११ मा एएमडीकै सीपीयूहरुका लागि उपयुक्त हुने कोडिङमा काम गरिरहेको खुलासा गरेको छ।
द भर्जका अनुसार माइक्रोसफ्टले यसलाई हालको विण्डोज ११ को २३एच२ संस्करणमा राखिसकेको छ। यसै हिसाबले ।राइजेन सीपीयूमा हुने पर्फर्मेन्स अनुभव गर्न यसको २४एच२ अपडेट वा रिलिज प्रिभ्यू कुरिरहनु पर्दैन।
प्रकाशित: १४ भाद्र २०८१, शुक्रबार