एसके हाइनिक्सले मेमोरी कन्ट्रोलरमा चिपलेट प्रविधि प्रयोग गर्ने

  • Technology Khabar | १४ भाद्र २०८१, शुक्रबार
एसके हाइनिक्सले मेमोरी कन्ट्रोलरमा चिपलेट प्रविधि प्रयोग गर्ने

काठमाडौं ।

कोरियाली चिप निर्माता कम्पनी एसके हाइनिक्सले आगामी ३ वर्षभित्रमा आफ्ना मेमोरी कन्ट्रोलरहरुमा चिपलेट प्रविधि प्रयोग गर्ने भएको छ। यसबारे हालै कम्पनीका एक उच्च पदस्थ अधिकारीले बताएको दक्षिण कोरियाली प्रविधि समाचार संस्था दईलेकले जनाएको छ।

मेमोरी चिप निर्माता कम्पनीका उपाध्यक्ष मून कि इलले हानयाङ विश्वविद्यालमा आयोजित गोष्ठीका क्रममा हाल आफ्ना कन्ट्रोलर उत्पादनका लागि टीएसएमसीको फाउण्ड्री प्रयोग गरिरहेको बताएका छन्।

‘आगामी दुईदेखि तीन वर्षभित्र उन्नत नोडहरू आवश्यक पर्ने कन्ट्रोलरका क्षेत्रहरूमा ती नोडहरू प्रयोग गरेर बनाइनेछ भने अन्य क्षेत्रहरूले यस अघिकै साविकको नोडहरू प्रयोग गर्नेछन्’, मुनले भने, ‘कम्पनीले यी छुट्टाछुट्टै क्षेत्रहरूलाई जोड्ने चिपलेट प्रविधिको विकास गरिरहेको छ।’

टीएसएमसीले एसके हाइनिक्सको लागि कन्ट्रोलरहरू निर्माण गरेपछि मेमोरी निर्माताले प्याकेजिङको काम गर्ने बताइएको छ।

‘यदि एक चिपमा ए, बी, र सी भनिने कामहरु छन् भने यी अलग-अलग चिपहरूमा बनाउन सकिन्छ र त्यसपछि पुन: जडान गर्न सकिन्छ जुन शुरुवातमा समान कार्यसम्पादनको एउटै चिप थिए’, वरिष्ठ कार्यकारीले भने।

यस अवस्थामा ए ले उदाहरणका लागि टीएसएमसीको ७ एनएम नोड प्रयोग गर्नेछ जबकि बी र सी टीएसएमसी वा अन्य फाउन्ड्री कम्पनीको साविक नोडहरूमा बनाइनेछ’, उनले भने, ‘यसले एसके हाइनिक्सलाई यसको डीआरएएम र एनएएनडीको लागत नियन्त्रण गर्न सघाउँछ।

यसै वर्षको जनवरीमा कम्पनीले आफ्नो चिपलेट प्रविधिका लागि मोजाइक नामको ब्रान्डका लागि आवेदन दिएको थियो।

प्रकाशित: १४ भाद्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Proton opens its 11th showroom in Birgunj; launches the all-new Proton e.MAS 5

  • Technology Khabar
  • १४ भाद्र २०८१, शुक्रबार