एक महिनामै भित्रियो १ अर्ब बढीको ल्यापटप र ट्याब्लेट

Technology Khabar ९ भाद्र २०८१, आईतवार

एक महिनामै भित्रियो १ अर्ब बढीको ल्यापटप र ट्याब्लेट
सांकेतिक तस्बिर

काठमाडौं ।

नेपालमा ल्यापटप तथा नोटबुक आयातको प्रवृत्ति बढिरहेको देखिएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना अर्थात् साउन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकमा ल्यापटप, नोटबुक तथा ट्याब्लेटको आयात बढेको देखिएको हो।

चालु आवको पहिलो महिना साउनभर १ अर्ब २ करोड ८६ लाख ४६ हजार रुपैयाँ बराबरको १७ हजार ३१४ थान ल्यापटप, नोटबुक तथा ट्याब्लेट आयात भएको छ।

गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधि अर्थात् साउन महिनामा नेपालमा ७९ करोड ११ लाख १६ हजार बराबरको १२ हजार ४४२ थान ल्यापटप, नोटबुक तथा ट्याब्लेट आयात भएको थियो।

गत आर्थिक वर्ष २०८०/८१ भरमा ८ अर्ब १ करोड २६ लाख बराबरको १, ३५, २२१ थान ल्यापटप तथा नोटबुक आयात भएको थियो।

तुलनात्मक हिसाबले हेर्दा गत आर्थिक वर्षको साउन महिनाभन्दा यो वर्षको साउन महिनामा ३९ प्रतिशत बढी ल्यापटप, नोटबुक तथा ट्याब्लेट आयात भएको देखिन्छ।

यस्तै आर्थिक वर्षभरी आयात भएको सङ्ख्याको लगभग ९ प्रतिशतका हिसाबले हुन आउने थान बराबर ल्यापटप, नोटबुक तथा ट्याब्लेट एक महिनामै आयात भएको पाइएको छ।

यो अवधिमा ल्यापटप, नोटबुक तथा ट्याब्लेट आयातबाट सरकारले १९ करोड ३६ लाख १३ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।

भन्सार विभागको तथ्यांक अनुसार यो साउनमा नेपालमा १८ ओटा मुलुकबाट ल्यापटप, नोटबुक तथा ट्याब्लेट आयात भएको देखिन्छ।

क्र. स.देशसङ्ख्यारकमकैफियत
अस्ट्रेलिया५४, ०००
चीन१३, ७३९९३, ०७, १६, ०००
हङकङ१, ८१, ०००
भारत६, ४८, ०००
इटली२, १३, ०००
जापान२, २९, ०००
कोरिया१, ०१, ०००
मलेसिया२४४१, ७१, ०६, ०००
साउदी अरेबिया४०, ०००
१०सिंगापुर४७३०, ०७, ०००
११स्विजरल्याण्ड२, ४२, ०००
१२ताइवान५, ९५, ०००
१३यूएई८४६९, ४३, ०००
१४बेलायत१, ०८, ०००
१५अमेरिका३५३०, ५४, ०००
१६जम्मा१४, १८९९६, ३२, ३५, ०००

ल्यापटप/नोटबुक

नेपालमा सबैभन्दा धेरै ल्यापटप तथा नोटबुक चीनबाट आएको छ। चीनबाट यो एक महिनामा ९३ करोड ७ लाख १६ हजार रुपैयाँ बराबरको १३ हजार ७३९ थान ल्यापटप तथा र नोटबुक आयात भएको छ।

यसबाहेक निम्न मुलुकहरुबाट ल्यापटप तथा र नोटबुक आएका छन्:

ट्याब्लेट

ट्याब्लेटको तथ्याङ्क हेर्दा सबैभन्दा बढी चीनबाट ६ करोड ३३ लाख ८० हजार रुपैयाँ बराबरको ३ हजार ९७ थान आयात भएको पाइएको छ। यसबाहेक तल उल्लेखित विभिन्न देशबाट पनि ट्याब्लेट आयात भएको देखिन्छ।

क्र सदेशसङ्ख्यारकमकैफियत
चीन३, ०९७६, ३३, ८०, ०००
भारत१२९, ५६, ०००
जापान७, ०००
कुवेत५०, ०००
न्युजिल्याण्ड१३, ०००
ओमान४, ०००
पोर्चुगल३७, ०००
कतार३, ०००
यूएई६, ४८, ०००
१०बेलायत८२, ०००
११अमेरिका२, ३३, ०००
१२जम्मा३, १३४६, ५४, ११, ०००

प्रकाशित: ९ भाद्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया