Technology Khabar ९ भाद्र २०८१, आईतवार
काठमाडौं ।
फोनपेले लोकप्रिय आइसक्रीम ब्राण्ड बास्किन-रोबिन्ससँगको सहकार्यमा आफ्नो नयाँ अभियान “फोनट्याग स्कूप एण्ड सेभ” को घोषणा गरेको छ।
“फोनट्याग स्कूप एण्ड सेभ” अभियान, २५ अगस्त २०२४ मा सुरू भएको छ, जसले कन्ट्याक्टलेस पेमेन्टका फाइदाहरूलाई एक आकर्षक अफरमार्फत प्रकाशमा ल्याउने लक्ष्य राखेको छ।
फोनट्यागमार्फत भुक्तानी गर्ने ग्राहकहरूले नेपालभरिका १८ बास्किन-रोबिन्स आउटलेटहरूमा ५० प्रतिशत क्यासब्याक, रु २०० सम्मको लाभ लिन सक्नेछन्।
यो सीमित समयको प्रस्ताव प्राप्त गर्नका लागि, ग्राहकहरूले फोनपे एप वा फोनट्याग सक्षम मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्नुपर्नेछ। यस एकीकृत सेवाले सजिलै र झन्झटविहीन लेनदेन प्रक्रिया सुनिश्चित गर्दछ, जसले इन्टरनेटको उपलब्धतासँग सम्बन्धित समस्याहरूलाई हटाउँछ र भुक्तानीलाई छिटो र सजिलो बनाउँछ।
यो प्रस्ताव नेपालभरिका १८ बास्किन-रोबिन्स आउटलेटहरूमा उपलब्ध हुनेछ, जसमा बुढानिलकण्ठ, सामाखुसी, महाराजगञ्ज, उत्तर्दोका, थमेल, दरबारमार्ग, आइप्लेक्स मॉल (मिड-बानेश्वर), बत्तिसपुतली, पाटन दरबार स्क्वायर, लाबिम मॉल (पुल्चोक), झम्सिखेल, लेकसाइड (पोखरा), महेन्द्रपूल (पोखरा), बुटवल, बिरगञ्ज, विराटनगर, हेटौडा, र भैसेपाटी समावेश रहेको जनाएको छ।
“फोनट्याग नेपालमा भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम हो, जसले हाम्रो प्रयोगकर्तालाई सजिलै कन्ट्याक्टलेस पेमेन्ट गर्न सक्षम बनाउँछ, सुविधाजनकता र पहुँच दुबैमा सुधार ल्याउँछ,” भन्छन् सुभोद शर्मा, प्रमुख रणनीति अधिकारी। “हामी ‘फोनट्याग स्कूप एण्ड सेभ’ अभियानको लागि बास्किन-रोबिन्ससँग सहकार्य गर्न उत्साहित छौं। बास्किन-रोबिन्सको युवा र डिजिटल रूपमा संलग्न दर्शक वर्गको बलियो अपीललाई ध्यानमा राख्दा, यस सहकार्यले हामीलाई यस दर्शक वर्गमा पुग्न र फोनट्यागलाई रमाइलो र निर्बाध भुक्तानी अनुभवको लागि प्राथमिक विकल्पको रूपमा प्रवर्द्धन गर्न मद्दत पुर्याउँछ।”
प्रकाशित: ९ भाद्र २०८१, आईतवार