आईफोन १६ प्रो को चौथो रङ्गको खुलासा

Technology Khabar ३ भाद्र २०८१, सोमबार

काठमाडौं ।

आईफोन १६ लाइनअपबारे अफवाहहरू बढ्दै जाँदा नयाँ लीकले प्रो मोडेलको रङ्ग विकल्पहरूको खुलासा गरेको छ। डमी युनिट लीकको लागि प्रसिद्ध मानिने गरिएको स्रोत सोनी डिक्सनले साझा गरेको एक तस्बिरमा आईफोन १६ प्रो युनिटहरूको चारवटा विभिन्न रंग संयोजनहरू देखा परेको छ।

उक्त चार रंगहरुमध्ये ब्रोन्ज भेरियन्ट स्ट्यान्डआउट भएको जनाइएको छ। साथै यसलाई आईफोन १५ प्रो लाइनअपमा उपलब्ध नीलो टाइटेनियम विकल्पलाई प्रतिस्थापन गर्नको लागि सेट गरिएको थप उल्लेख गरिएको छ।

हालको यो जानकारी वेइबो लीकर डिजिटल च्याट स्टेशनको पहिलेको संकेतसँग मिलेको जनाइएको छ जसले ब्रोन्ज आईफोन १६ प्रो म्याक्सको बारे उल्लेख गरेको जनाइएको छ।

त्यसैगरी देखा परेका अन्य रङ्गहरूमा परिचित ह्वाइट (सेतो), ब्ल्याक (कालो) र ग्रे (खैरो) समावेश रहेका छन् जुन या त सिल्भर वा अवस्थित “नेचुरल टाइटेनियम” फिनिशमा हुन सक्ने जनाइएको छ।

गीज्मोचाइनाका अनुसार यो लीकले डिक्सनको अघिल्लो पोष्टलाई पछ्याएको उल्लेख गरिएको छ जसमा आईफोन १६ प्रो को ब्रोन्ज भेरियन्ट बाहेक ह्वाइट, ब्ल्याक र ग्रे÷सिल्भर रङ्गहरु देखाएको उल्लेख गरिएको छ।

यसबाहेक अघिल्लो लीकले आईफोन १६ प्रो को केही विवरणहरु पनि साझा गरेको थियो। प्रो मोडलहरूमा आफ्नो पूर्ववर्तीहरू भन्दा ठूला डिस्प्लेहरू समावेश गरिने अफवाह रहेको जनाइएको छ। आईफोन १६ प्रो मा ६.३–इन्च ओएलईडी प्यानल रहने छ भने आईफोन १६ प्रो म्याक्स मा ६.९–इन्चको डिस्प्ले समावेश गरिने उल्लेख गरिएको छ।

त्यसका साथै क्यामरा अपग्रेडहरू पनि लाइनमा रहेका छन् जस अनुसार अल्ट्रावाइड लेन्सलाई १२ मेगापिक्सेलबाट ४८ मेगापिक्सेल सेन्सरमा अपग्रेड गरिने जनाइएको छ।

साथै ५× अप्टिकल जुमसहितको निकै प्रतिक्षा गरिएको टेट्राप्रिज्म पेरिस्कोप टेलिफोटो लेन्स पनि समावेश गरिने थप उल्लेख गरिएको छ। आन्तरिक रूपमा आईफोन १६ प्रो लाइनअप टीएसएमसीको दोस्रो–पुस्ताको ३एनएम प्रोसेस नोड (एन३ई) प्रयोग गरेर निर्माण गरिएको ए१८ प्रो प्रोसेसरद्वारा सञ्चालित हुने उल्लेख गरिएको छ।

यसबाहेक डिक्सनले नन्–प्रो आईफोन १६ र आईफोन १६ प्लस मोडेलहरूको डमी युनिटहरूको तस्बिरहरू पनि लीक गरेको उल्लेख छ। भ्यानिला मोडेलमा भने ब्लू (नीलो), यल्लो (पहेंलो), पिंक (गुलाबी), ग्रिन (हरियो) र ब्ल्याक (कालो) जस्ता अधिक जीवन्त रंगहरू समावेश गरिएको जनाइएको छ।

तिनीहरूमा सम्भवतः भर्टिकल लेन्स अरेन्जमेन्ट (ठाडो रुपमा व्यवस्था गरिएको लेन्सको) साथ पुनः डिजाइन गरिएको रियर क्यामरा मोड्युल हुने उल्लेख गरिएको छ।

एप्पलको भिजन प्रो फङ्गसनेलिटीको लागि थ्रीडी इमेजेस र भिडियोहरू सिर्जना गर्न सहज बनाउनेको लागि उक्त परिवर्तन गरिएको जनाइएको छ।

साथै नन्–प्रो मोडेलहरूमा ए१८ ३एनएम प्रोसेसर, हालैका एप्पल डिभाइसहरूमा देखिएको एक्शन बटन र क्यामरा एप भित्र सिम्प्लिफाइड (सरलीकृत) जुम, फोकस, र क्याप्चर कन्ट्रोल (नियन्त्रण) को लागि नयाँ “क्याप्चर” बटनको सुविधा हुने अपेक्षा गरिएको छ।

यसबाहेक सबै चार आईफोन १६ मोडेलहरूमा ८जीबी र्याम र एप्पल इन्टेलिजेन्स भनिने एप्पलको एआई इनिसियटिभ (पहल) लाई समर्थन गर्ने अफवाह रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ३ भाद्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया