मस्तिष्कमा ‘टेक्स्ट टु स्पीच चिप’ राखेपछि बोली गुमेका बिरामीले यसरी फिर्ता पाए आफ्नो स्वर

Technology Khabar ३२ श्रावण २०८१, शुक्रबार

मस्तिष्कमा ‘टेक्स्ट टु स्पीच चिप’ राखेपछि बोली गुमेका बिरामीले यसरी फिर्ता पाए आफ्नो स्वर
तस्बिर सौजन्य: रोयटर्स

काठमाडौं ।

एएलएसका नामबाट चिनिने नशासम्बन्धी रोगबाट ग्रस्त भएर आवाज गुमाएका एक बिरामीले हालै दिमागमा चिप राखेर आफ्नो गुमेको स्वर फिर्ता पाएका छन्। एम्योट्रपिकल ल्याटरल स्कलेरोसिस रोगबाट ग्रसित भएर आफ्ना बोली गुमाएका अमेरिकाका ती बिरामीको दिमागमा ब्ल्याकरक न्यूरवटेक टेक्स्ट टु स्पीच चिप राखिएको थियो।

हालै पक्षघात भएका बिरामीहरुको बोली फिर्ता ल्याउने सम्बन्धमा ब्रेन कम्प्युटर इन्टरफेसले के कसरी काम गर्छ र कुन हदसम्म सफल भएको छ भन्नेबारे प्रतिवेदन सार्वजनिक गरेका हुन्। ती प्रतिवेदन न्यु इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा बुधबार सार्वजनिक भएको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ती प्रतिवेदनहरुमा पक्षघात भएपछि हराएको बोलीचाली गर्ने शक्ति पुन: फिर्ता ल्याउने काममा यस्ता डिभाइसहरुले व्यवहारिक रुपमा क्लिनिकल हिसाबले प्रयोग गर्न मिल्ने एप्लिकेशनका रुपमा काम गरेको नयाँ प्रमाण पेश गरेका हुन्।

यसबारे युनिभर्सिटी अफ क्यालिफोर्नियाका न्युरोसर्जन डा एडवार्ड चाङले उक्त प्रतिवेदन समावेश गर्दै हालै एउटा सम्पादकीय पनि लेखेका छन्। ब्ल्याकरक न्युरोटेक, मेडट्रोनिक, सिंक्रोन तथा इलन मस्कको न्युरालिंक ब्रेन कम्प्युटर इन्टरफेसलाई व्यावसायिक बनाउन लागिपरिरहेका अग्रणी कम्पनीहरु हुन्।

यी दुवै अध्ययन प्रतिवेदन घातक रोगबाट ग्रसित महिला र पुरुष गरी २ जना एएलएसका बिरामीका बारेमा उल्लेख गरिएको छ। लोउ गेह्रिग्स डिजिजका नामले चिनिने एएलएसका बिरामीमा सामान्यतया: मेरुदण्ड र मष्तिष्कमा बिस्तारै नसा अर्थात् स्नायूकोषिकाहरु सुक्दै जाने गर्दछन्।

प्रतिवेदनमा समावेशमध्ये एक बिरामी ४५ वर्षका पुरुष थिए । उनलाई बोल्न यतिसम्म कष्ट थियो कि उनले बोलेका उनको हेरचाह गर्न राखिएकी परिचारिकाले मात्र ठम्याउन सक्थिन्। एउटा सामान्य व्यक्तिले एक मिनेटमा १६० अङ्रेजी शब्द  बोल्न सक्छन् भने ती बिरामीले परिचारिकासँग सामान्यतया एक मिनेटमा बढीमा ७ शब्द बोल्ने गरेको अनुसन्धाताहरुले उल्लेख गरेका छन्।

अनुसन्धाताहरुले बिरामीको मष्तिष्कमा ब्ल्याकरक न्युरोटेकले निर्माण गरेको माइक्रोइलेक्ट्रोडका ४ वटा लहरहरु प्रत्यारोपण गरेका र तिनीहरुले मष्तिष्कको भाषा र बोलीसँग सम्बन्धित क्षेत्रमा भएका स्नायुप्रणालीमा भएको गतिविभिलाई रेकर्ड गरेको थियो।

डा चाङका अनुसार त्यस चिपमा प्रयोग भएको डिकोडर सफ्टवेयरले नयाँ नयाँ शब्द सिक्न सक्ने साथै त्यसलाई द्रुत गतिमा तालिम दिएर अनलाइनका माध्यमबाट सही गलत छुट्याइन सकिन्छर यसप्रकारको विशेषता यसअघि नदेखिएको उनले प्रस्ट पारे।

प्रतिवेदनका अनुसार उक्त चिप राखेपछि दोस्रो दिन ती बिरामीले १ लाख २५ हजार शब्दहरु आदानप्रदान गर्न सक्षम भएको रोयटर्सले जनाएको छ। त्यहाँ डिकोड भएका शब्दशहरु पहिले स्करीनमा देखाइएको र त्यसपछि टेक्स्ट टु स्पीच सफ्टवेयरमार्फत् बोलीमा परिणत गरिएको थियो। उक्त सफ्टवेयर ती बिरामीको पहिलेको बोलीजस्तै सुनिने गरी डिजाइन गरिएको थियो।

ती बिरामीले अनुसन्धाताहरुसँग भने, ‘म तपाईँहरुको मूड फ्रेश गराउने प्रयास गरिरहेको थिएँ, कृपया मेरो यो प्रयासलाई मजाकका रुपमा लिनुहोस्। म पहिलेको मेरो ठट्यौली गर्ने बानीलाई निकै सम्झिरहेको छु।’

प्रकाशित: ३२ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

New computer laboratory for Gyanodaya

३२ श्रावण २०८१, शुक्रबार

‘End of an era’: MTV pulling plug on global music channels

३२ श्रावण २०८१, शुक्रबार

AI training for trekking agencies begins

३२ श्रावण २०८१, शुक्रबार