सामसङको ‘सर्कल टु सर्च’ फिचर अब मिड–रेन्ज डिभाइसरूमा पनि उपलब्ध

  • Technology Khabar | ३२ श्रावण २०८१, शुक्रबार
सामसङको ‘सर्कल टु सर्च’ फिचर अब मिड–रेन्ज डिभाइसरूमा पनि उपलब्ध

काठमाडौं ।

सामसङले ईमेज, टेक्स्ट वा भिडियोको कुनै अंश सर्कल (घेरा) लगाएर वेब खोज्नेको लागि निकै सुविधाजनक मानिएको सर्कल टु सर्च फिचरलाई धेरैले प्रशंसा गरेको हुनाले अब कम्पनीले यस फिचरलाई आफ्नो थप डिभाइसहरूमा सीडिङ (उपलब्घ) गर्ने भएको छ।

कम्पनीले ग्यालेक्सी एस२४ सिरिजको रिलिजसँगै प्रस्तुत गरेको आफ्नो यो फिचर (सुविधा) पछि जेड फोल्ड६ र जेड फ्लिप६ मा पनि विस्तार गरेको थियो।

यो फिचर (सुविधा) अब सामसङको ग्यालेक्सी ए सिरिज स्मार्टफोनहरूका साथै ग्यालेक्सी ट्याब एस९ एफई र एस९ एफई+ ट्याब्लेटहरू जस्ता मिड रेन्ज (मध्य–दायराको) डिभाइसहरूमा रोलिङ भइरहेको जनाइएको छ।

त्यसैगरी सामसङले ट्याब एस९ एफई सिरिजका अतिरिक्त ग्यालेक्सी ए५५, ए५४, ए३५ र ए३४ को लागि यो महिनामा सर्कल टु सर्चको रोलआउट सुरु गर्ने भएको उल्लेख छ।

यद्यपि सामसङले अब अन्य कुन डिभाइसहरूले गुगल एआई–पावर्ड फिचर (संचालित सुविधा) प्राप्त गर्नेछन् भन्ने बारे खुलासा नगरेकोद भए तापनि क्षेत्र र मोडेलको आधारमा उपलब्धतामा फरक हुन सक्नेछ भनि स्पष्ट पारेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ३२ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell and Nepal Mediciti Hospital partner to offer exclusive healthcare benefits to customers

  • Technology Khabar
  • ३२ श्रावण २०८१, शुक्रबार