विदेशी शक्तिले इमेल ह्याक गरे-अमेरिकी राष्ट्रपतीय उम्मेदवार ट्रम्पको निर्वाचन अभियान

  • Technology Khabar | २८ श्रावण २०८१, सोमबार
विदेशी शक्तिले इमेल ह्याक गरे-अमेरिकी राष्ट्रपतीय उम्मेदवार ट्रम्पको निर्वाचन अभियान
फाइल तस्बिर

काठमाडौं ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानले आफ्नो इमेल ह्याक गरिएको बताएको छ। शनिबार इमेल ह्याक गरिएको बताउँदै अभियानले इरानका अभियन्ताहरुले आफ्ना संवेदनशील दस्तावेज चोरी गरेर सार्वजनिक गरेको आरोप लगाएका छन्।

उक्त अभियानले इरानको प्रत्यक्ष संलग्नता रहेको निश्चित प्रमाण पेश गर्न सकेको छैन तर अभियानले यो आरोप माइक्रोसफ्टले अमेरिकी राष्ट्रपति निर्वाचन अभियानलाई बिथोल्न विदेशी शक्तिहरुले प्रयास गरिरहेको भन्दै प्रतिवेदन पेश गरेको भोलिपल्ट बाहिर ल्याएको हो।

उक्त प्रतिवेदनमा इरानको एउटा सैनिक जासूस एकाईले गत जुनमा अमेरिकी राष्ट्रपतीय अभियानका उच्च पदस्थ अधिकारीहरुलाई एक पूर्व वरिष्ठ सल्लाहकारको ह्याक गरिएको एकाउन्टबाट फिशिङ इमेल पठाएको दृष्टान्त समावेश गरिएको छ।

राष्ट्रपतीय उम्मेदवार ट्रम्पका प्रवक्ता स्टेभन चेउङले उक्त ह्याक अमेरिकाको विरुद्ध विदेशी भूमिबाट भएको आरोप लगाए। यस सम्बन्धमा अमेरिकाको नेशनल सेक्युरिटी काउन्सिलका एक प्रवक्ताले विज्ञप्तिमार्फत् ‘काउन्सिलले कुनै पनि अवाञ्छनीय वैदेशिक हस्तक्षेपलाई अति संवेदनशील हिसाबले बताउँदै कुनै पनि सरकार वा संघसंस्थाबाट अमेरिकाको प्रजातान्त्रिक संस्थाहरुका आत्मविश्वासलाई कम आँक्ने काम भएमा त्यसको भर्त्सना पनि गरे।

अन्तरराष्ट्रिय समाचार सस्था एपीन्युजका अनुसार इरानको संयुक्त राष्ट्रसंघीय मिसनले भने अमेरिकी राष्ट्रपतीय उम्मेदवार डोनाल्ड ट्रम्पले दावी गरेको सम्बन्धमा आफ्नो कुनै पनि संलग्नता नरहेको जनाएको छ। ‘हामी यस्ता प्रतिवेदनका प्रमाणहरुमा कुनै पनि सत्यता भएको स्विकार गर्दैनौं,’ उक्त मिसनले एपीलाई बताएको छ, ‘इरानी सरकार अमेरिकी राष्ट्रपतीय निर्वाचन बिथोल्ने मनशाय न राख्छ न त समर्थन नै गर्छ।’

प्रकाशित: २८ श्रावण २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×