कमजोर आर्थिक विवरणले घटायो अमेरिकामा सूचीबद्ध क्रिप्टोसम्बद्ध कम्पनीको शेयर मूल्य

  • Technology Khabar | २३ श्रावण २०८१, बुधबार
कमजोर आर्थिक विवरणले घटायो अमेरिकामा सूचीबद्ध क्रिप्टोसम्बद्ध कम्पनीको शेयर मूल्य

काठमाडौं ।

बिटक्वाइनको मूल्य १५ प्रतिशत घटेपछि अमेरिकामा सूचीबद्ध क्रिप्टोसम्बद्ध कम्पनीहरुको शेयरमा सोमबार उल्लेख्य गिरावट आएको छ। गत हप्ता प्रकाशित कमजोर आर्थिक तथ्याङ्कका कारण आर्थिक मन्दीको त्रासले खतरायुक्त सेयर बेच्ने होड चलेपछि यस्तो माहोल देखिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

दुई ठूला क्रिप्टोकरेन्सी ईथर र बिटक्वाइनसम्बन्धी एक्सचेन्ज ट्रेडेड फण्डको अनुमोदनबाट आशा पलाएको क्रिप्टो क्षेत्रमा हालै आएको यो गिरावटले उल्लेख्य पश्चगामी माहोल सिर्जना भएको टड्कारो देखाएको छ।

रिपब्लिकन पार्टीका राष्ट्रपतीय उम्मेदवार डोनाल्ड ट्रम्पले अघिल्लो महिना बिटक्वाइन सम्मेलनमा क्रिप्टोको पक्षमा गरेको भाषणे पनि माहोल बिच्काएको बताइएको छ। यसबाहेक तथ्याङ्कले भने उच्च दरमा रहेको बेरोजगारी तथा निर्माण व्यवसायमा आएको मन्दीले यसप्रकारका जोखिमयुक्त सम्पत्ति बेचबिखनको अवस्था ल्याएको देखाएको छ।

हामी सप्ताहान्तमा भएको एकमात्र कारोबारमा बिटक्वाइनको यो अवस्थाबाट खासै अचम्मित भएका छैनौं। त्यसपछि क्रिप्टोका बारेमा कुनै नकारात्मक जानकारी आएको छैन’, बर्नस्टेइनका विश्लेषक गौतम छुगानीले टिप्पणीमा लेखेका छन्।

उक्त कारोबारमा क्रिप्टो माइनिङ गर्ने कम्पनी क्लिन स्पार्क बिटफार्म रायट प्लेटफर्म तथा म्याराथन डिजिटलको शेयरमूल्य १२ देखि २५ प्रतिशतसम्म घटेको रोयटर्सले जनाएको छ।

यसैगरी क्वाइनबेसले १८ प्रतिशत र बिटक्वाइन खरिदकर्ता माइक्रोस्ट्राटेजीले २३ प्रतिशत घाटा खाएका थिए। बिटक्वाइन पछिल्लो ६ महिनामा पहिलो पटक यति तल खस्केको हो भने इथरले भने गत जनवरीबाट यता पहिलोपटक १९ प्रतिशतको गिरावट भोगेको हो।

प्रकाशित: २३ श्रावण २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार