डिजाइनमा आएको समस्याका कारण एनभिडियाको आगामी एआई चिप केही ढिलो सार्वजनिक हुने

  • Technology Khabar | २१ श्रावण २०८१, सोमबार
डिजाइनमा आएको समस्याका कारण एनभिडियाको आगामी एआई चिप केही ढिलो सार्वजनिक हुने

काठमाडौं ।

एनभिडियाले आफ्नो आगामी ब्लयाकवेल बी२०० एआई चिपको उत्पादन प्रक्षेपण गरिएकोभन्दा ३ महिना ढिला शुरु हुने बताएको छ।  इन्फर्मेशनले उल्लेख गरे अनुसार कम्पनीले हालै माइक्रोसफ्ट तथा अन्य एउटा क्लाउड सेवा प्रदायकलाई यस प्रकारको जानकारी गराएको हो।

द इन्फर्मेशनले माइक्रोसफ्टका एक कर्मचारीसहित दुई स्रोतलाई उद्धृत गर्दै उत्पादन प्रक्रियामा गइसकेपछि ढिलो थाहा पाइएको डिजाइनको समस्याका कारण उक्त ढिलाई हुन पुगेको द भर्जले उल्लेख गरेको छ।

बी२०० चिपहरु यसअघिको सर्वाधिक शक्तिशाली तथा पाउनै मुश्किल एच१०० चिपको फलो अप भर्जन रहेको बुझिएको छ।

एच१०० चिपहरुले अत्यधिक शक्ति आवश्यक पर्ने आर्टिफिसियल क्लाउडका क्षेत्रलाई पावर गर्दछन् भने यसकैका कारइ एद्दभिडिया केही समययता विश्वकै सर्वाधिक शक्तिशाली कम्पनीहरुमा गनिँदै आएको थियो।

एनभिडियाले हालै एक विज्ञप्ति प्रकाशित गर्दै त्यसमा कम्पनीका प्रवक्ता जोन रिज्जोको ‘बी२०० चिपको उत्पादन यो वर्षको उत्तरार्धमा शुरु हुने’ भनाई उद्धृत गरेको समाचार संस्था द भर्जले जनाएको छ।

द भर्जका अनुसार प्रवक्ता रिज्जोले विज्ञप्तिमा यसबाहेक अन्य सूचना नदिएको साथै बजारमा आएका अफवाहबारे कुनै प्रतिक्रिया जनाउन चाहेका छैनन्।

रिपोर्टहरुका अनुसार एनभिडिया हाल ताइवनको चिप उत्पादक कम्पनी ताइवन सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसीसँग उक्त चिप उत्पादनको परीक्षणका क्रममा रहेको छ। यस हिसाबले ब्लयाकवेल चिप ठूलो परिमाणमा बजारमा पठाउन उसलाई कमसेकम अर्को वर्षको पहिलो त्रैमाससम्म लाग्ने आकलन गरिएको छ।

‘माइक्रोसफ्ट, गुगल र मेटाले अर्बौं डलर बराबरको यस प्रकारका चिपहरु अर्डर गरेका छन्’, द इन्फर्मेशनले लेखेको छ।

प्रकाशित: २१ श्रावण २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार