इण्टेलका १७ हजारभन्दा बढीको जागिर खोसिने, १५ प्रतिशत रोजगारी कटौती गर्दै कम्पनी

  • Technology Khabar | १८ श्रावण २०८१, शुक्रबार
इण्टेलका १७ हजारभन्दा बढीको जागिर खोसिने, १५ प्रतिशत रोजगारी कटौती गर्दै कम्पनी

काठमाडौं ।

इन्टेलले १५ प्रतिशत रोजगारी कटौती गर्ने भएको छ । कम्पनीले गत बिहीबार आफ्ना समग्रमध्ये १५ प्रतिशतले हुन आउने लगभग १७ हजार ५ सय कर्मचारी कटौती गर्ने बताएको हो।

यसबाहेक कम्पनीले चौथो त्रैमासको शुरुदेखि बोनस पनि नबाँड्ने निर्णय गरेको छ। यसै क्रममा कम्पनीले तेस्रो त्रैमासमा अपेक्षा वा प्रक्षेपण गरेभन्दा कम मात्र आम्दानी हुने पनि आकलन गरेको छ।

यसको मुख्य कारण परम्परागत डाटा सेन्टर सेमिकण्डक्टरलाई छोडेर एआई चिप निर्माणमा ध्यान केन्द्रित गर्नु रहेको अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

इन्टेलले क्यालिफोर्निया राज्यको सान्टा क्लारामा रहेको फाउण्ड्रीबाट मात्र २० प्रतिशत घाटा ब्यहोर्नुपरेको छ जसबाट कम्पनीको समग्र घाटामा अरु २४ अर्ब डलर थपिएको छ।

मलाई मुख्यालयमा थोरै र उपभोक्तालाई सहवजीकरण गर्नका लागि फिल्डमा धेरै कर्मचारीमात्र चाहिएको छ’, कम्पनीका सीईओ गेल्सिंगरले कर्मचारी कटौतिबारे बोल्दै भने अन्तरवार्ताका क्रममा भने ।

यसैगरी बोनस काटिएको बारे उनले आफूहरुको उद्देश्य समय समयमा प्रतिस्पर्धी बोनस बाँड्ने भएको तर हाल सन्तुलन परीक्षण तथा सेवा सुविधा कटौतीमा बढी केन्द्रित रहेको जानकारी दिए।

प्रकाशित: १८ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...