आईटी समितिका अध्यक्षले आफ्नै कलेजका शिक्षकलाई चेम्बरको साईबर सुरक्षा सल्लाहकार नियुक्त गराए

  • Technology Khabar | १३ श्रावण २०८१, आईतवार
आईटी समितिका अध्यक्षले आफ्नै कलेजका शिक्षकलाई चेम्बरको साईबर सुरक्षा सल्लाहकार नियुक्त गराए

काठमाडौं ।

नेपाल चेम्बर अफ कमर्शले आईटी सफ्टवेयर तथा टेक्नोलोजी समितिको साईबर सुरक्षा सल्लाहकारमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नियुक्त भएका छन्।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको साईबर सुरक्षा क्षेत्रमा काम गरिरहेका अनुभवी अधिकारीलाई मनोनयन गरेका हुन्।

अधिकारी क्यान महासंघको महासचिव, सेन्टर फर साईबर सेक्युरिटी रिसर्च एण्ड इन्नोभेशनका निवर्तमान अध्यक्ष, इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष हुन्।

अधिकारी क्यान महासंघको महासचिव, सेन्टर फर साईबर सेक्युरिटी रिसर्च एण्ड इन्नोभेशनका निवर्तमान अध्यक्ष, इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालका समेत अध्यक्ष हुन्।

विगत दुई दशकदेखि साइबर सुरक्षा बिषयमा प्राध्यापन समेत गर्दै आएका अधिकारी हाल सफ्ट्वेरिका कलेज र टेक्सास कलेजमा अध्यापन गर्दै आएका छन्।

अधिकारीले प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गर्नुका साथै इन्फर्मेसन सेक्युरिटी, आईटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्वपूर्ण विषयमा काम गरेको बताईएको छ।

चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले साईबर सुरक्षाको विषयमा आवश्यक सहयोग, सुझाव पाउने विश्वास लिएको उल्लेख गरेका छन्।

चेम्बर अफ कमर्शका आईटी सफ्टवेयर तथा टेक्नोलोजी समितिका अध्यक्ष विज्ञान श्रेष्ठ रहेका छन्।

प्रकाशित: १३ श्रावण २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार