वर्ल्डलिंकको ‘दुईमा चार’ योजना सार्वजनिक

Technology Khabar १३ श्रावण २०८१, आईतवार

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले ‘दुईमा चार’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत एकैपल्ट दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंकको २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउन सकिने बताइएको छ ।

कम्पनीले नियमित नयाँ तथा पुराना ग्राहकका लागि आकर्षक अफरसहित मूल्य समेत सस्तो पर्ने यो सार्वजनिक गरेको हो ।

यो अफरमा सहभागी हुने ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुटमा पाउनुका साथै नोकिया डुअल ब्यान्ड राउटर, दुई ओटा नोकिया बिकन १.१ र नेटटिभी एन्ड्रोइड सेट(टप बक्स समेत सित्तैमा पाउने कम्पनीले जनाएको छ ।

यसका लागि ग्राहकले इन्टरनेट सेवाको १७ हजार ९९० रुपैयाँ (भ्याट बाहेक) तिरे पुग्ने र सम्पूर्ण डिभाइसहरूको डिपोजिट छुट्टै तिर्नुपर्ने बुझिएको छ ।

यसैगरी २५० एमबीपीएस र ३०० एमबीपीएस गतिको इन्टरनेटका लागि समेत कम्पनीले २४ महिने प्याकेज तयार पारेको छ । यिनीहरुको मूल्य क्रमशः १९ हजार ४९० रुपैयाँ र २२ हजार २९० रुपैयाँ राखिएको छ ।

कम्पनीका अनुसार यद्यपि २००, २५० र ३०० एमबीपीएस गतिका प्याकेजहरू तीन महिना, छ महिना वा १२ महिनामध्ये आफ्नो अनुकूलतामा लिन सकिने विकल्प यथावत नै रहेका छन् ।

जसअनुसार २०० एमबीपीएसको इन्टरनेटको मूल्य तीन महिनाका लागि ३,३०० रुपैयाँ, छ महिनाका लागि ६,४०० रुपैयाँ र १२ महिनाका लागि १२ हजार ६०० रुपैयाँ पर्न आउँछ ।

त्यस्तै २५० एमबीपीएसको तीन महिने प्याकेजको मूल्य ३ हजार ६०० रुपैयाँ, छ महिने प्याकेजको ७ हजार रुपैयाँ र वार्षिक प्याकेजको १३ हजार ८०० रुपैयाँ रहेको छ ।

यसबाहेक ३०० एमबीपीएसका लागि भने ३ महिनाका लागि ४ हजार ५० रुपैयाँ, ६ महिनाका लागि ७ हजार ९०० रुपैयाँ र एक वर्षका लागि १५ हजार ६०० रुपैयाँ शुल्क हुन आउँछ ।

यो अफरका लागि वर्ल्डलिंकको वेबसाईट www.worldlink.com.np र facebook मार्फत सम्पर्क गर्न सकिने बताइएको छ।

प्रकाशित: १३ श्रावण २०८१, आईतवार

तपाइको प्रतिक्रिया