नेपाल टेलिकमको १९८ नम्बर मार्फत इन्टरनेट सेवाका प्याकेज परिवर्तन गर्न सकिने

  • Technology Khabar | ९ श्रावण २०८१, बुधबार
नेपाल टेलिकमको १९८ नम्बर मार्फत इन्टरनेट सेवाका प्याकेज परिवर्तन गर्न सकिने

काठमाडौं ।

नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुबिधा थप गरेको छ।

नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम (एफटीटीएच) जडान अनुरोध दर्ता गर्नेदेखि आफ्नो आवश्यकता अनुसारका एफटीटीएच सेवाका प्याकेजहरु परिवर्तनसमेत गर्न सक्ने कम्पनीका प्रवक्ता किशोर कुमार भट्टले जानकारी दिए।

यसैगरी नेपाल टेलिकमले सोही ग्राहक सेवा नम्बर १९८ मार्फत आफ्ना टेलिभिजन सेवा (एनटीटीभी-NtTV) का ग्राहकहरुका लागि आफ्नो आवश्यकता अनुसार आलाकार्टा (A’la Carte) शुल्क प्रणाली बमोजिमका बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्न सकिने व्यवस्था गरेको छ।

ग्राहकले १९८ डायल गरी आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहरु सब्सक्रिप्सन गर्नका साथै प्याकेज परिवर्तन पनि गर्नसक्ने जारी विज्ञप्तीमा उल्लेख छ।

यस सेवा सञ्चालनसँगै एफटीटीएच सेवाका प्याकेज परिवर्तनका लागि नेपाल टेलिकमको काउन्टर सम्म पुग्नुपर्ने अवस्थाको अन्त्य भई ग्राहकको समय तथा श्रमको बचत हुने कम्पनीले जनाएको छ।

प्रकाशित: ९ श्रावण २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • ९ श्रावण २०८१, बुधबार