एप्पलको पहिलो फोल्डेबल आईफोन २०२६ मा आउने सम्भावना

Technology Khabar ९ श्रावण २०८१, बुधबार

काठमाडौं ।

एप्पलको पहिलो फोल्डेबल आईफोनको बारेमा वर्षौंदेखि समाचारहरु आइरहेका छन्। यद्यपि यसले अझैसम्म पनि मूर्त रुप लिन भने सकेको छैन।

यसै क्रममा एशिया टुडेको नयाँ रिपोर्टले अब २०२६ मा भने निश्चितरुपमा आउनसक्ने उल्लेख गरेको छ।

एप्पलको पहिलो फोल्डेबल आईफोन फ्लिप–स्टाइल (शैली) को हुने र यसले सामसङ ग्यालेक्सी जेड फ्लिप६ को सम्झना दिलाउने रिपोर्टमा  दाबी गरिएको छ।

एप्पलले यो वर्ष उक्त डिभाइसको लागि अनुसन्धान र विकासको काम सुरु गरेको जनाइएको छ। त्यसैले अब सन् २०२६ मा हुने भनेको यस स्मार्टफोनको रिलीज सम्भवतः यसको सामान्य दुई–वर्षको विकास चक्रमा आधारित रहने उल्लेख गरिएको छ।

यसैगरी, एप्पलको पहिलो फोल्डेबल आईफोनको लागि फोल्डिङ स्क्रिन सामसङ डिस्प्लेले आपूर्ति गर्ने जनाइएको छ। साथै यसको लागि पहिले नै एप्पलसँग स्पष्ट रूपमा सम्झौतामा हस्ताक्षर गरिएको उल्लेख छ।

एप्पलको पहिलो फोल्डेबल आईफोनलाई अनफोल्ड (खोल्दा) गर्दा यसको आयाम “हाल उपलब्ध आईफोनहरू जस्तै” हुने रिपोर्टले थप उल्लेख गरेको छ।

पहिलो फोल्डेबल आईफोनको मोटाई बाहेक लम्बाइ र चौडाइ  “ हाल उपलब्ध आईफोनहरूको जस्तै” हुनेछ भन्ने अर्थ लाग्ने जनाइएको छ।

अघिल्लो केही अफवाहहरूले एप्पलको पहिलो फोल्डेबल डिभाइस आईप्याड हुनेछ भनेर दाबी गरेको भए तापनि “चिनियाँ स्मार्टफोन बजारमा सामना गरेका चुनौतीहरूको कारण” कम्पनीले भने कथित रूपमा आफ्नो रणनीति परिवर्तन गरेको उल्लेख छ।

तसर्थ कम्पनीले अब फोल्डेबल आईफोनलाई आफ्नो पहिलो फोल्डिङ्ग प्रोडक्टको रूपमा सेट गरेको जनाइएको छ।

फोल्डेबल आईफोनहरूको बारेमा रिपोर्टहरू वर्षौंदेखि आइरहेको र कुनै वास्तविक प्रोडक्ट भने लन्च नभएको हुनाले हालको यस समाचारलाई पनि सधैंको जस्तो हल्का रूपमा लिनको लागि जीएसएमएरिनाले आग्रह गरेको छ।

प्रकाशित: ९ श्रावण २०८१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

New computer laboratory for Gyanodaya

९ श्रावण २०८१, बुधबार

‘End of an era’: MTV pulling plug on global music channels

९ श्रावण २०८१, बुधबार

AI training for trekking agencies begins

९ श्रावण २०८१, बुधबार