ताजा समाचार

अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरू

अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरू
Global IME Bank

माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले ‘रोबोटिक सर्जरी’ सेवा सुरू गरेको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा वसन्त पन्तले यही सातादेखि सेवा सुरू गरिएको जानकारी दिए।

उनले भने, “हामीले नयाँ प्रविधि भित्र्याएका छौँ। यसले नियमित सर्जरीमाभन्दा आधाजति छिटो समयमा नतिजा ल्याउन सहयोग गर्छ। सेवा सुरू भएयता तीनवटा सर्जरी गरिसकेका छौँ।”

डा पन्तले यस प्रविधिबाट विशेष किसिमका बिरामीमा मात्र यस प्रविधिको प्रयोग गरिने बताए।

“हामी पनि परीक्षणकालमा छौँ। अझै पाँचओटा केशहरू हेर्छौं। रोबोटिक र अरु नियमित सर्जरीको नतिजा तथा समयसीमामा कत्तिको फरक रहेछ भनेर हेर्छौं”, उनको भनाइ छ। रासस

Sajilo Visa
easy care