नेपाल टेलिकमले आज राती बिलिङ्ग प्रणाली स्तरोन्नति परीक्षण गर्दै

  • Technology Khabar | २५ असार २०८१, मंगलवार
नेपाल टेलिकमले आज राती बिलिङ्ग प्रणाली स्तरोन्नति परीक्षण गर्दै

काठमाडौं ।

नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद प्रकृया आज मंगलबार बेलुका ११ बजेदेखि बुधबार बिहान २६ गतेसम्मका लागि प्रभावित हुने भएको छ।

कम्पनीले उक्त अवधिमा बिलिङ्ग प्रणाली स्तरोन्नति परीक्षण गरिने भन्दै उक्त सेवाहरुमा समस्या आउनसक्ने जानकारी दिएको छ।

टेलिकमले सार्वजनिक गरेको अत्यन्त जरूरी सूचनाअनुसार बिलिङ्ग प्रणाली स्तरोन्नति परीक्षण कार्य मिति २०८१ असार २५ गते राति ११ बजेदेखि २०८१ असार २६ गते बिहान ६ बजेसम्म गरिने भएको हो।

“उक्त अवधिमा Balance Recharge/Package खरिद/Query सेवाहरु केहि समयका लागि प्रभावित हुनसक्ने हुँदा सो समयभन्दा अगाडि नै आवश्यक पर्ने Balance Recharge तथा Package खरिद गर्नुहुन अनुरोध छ,” सूचनामा भनिएकोछ।

उक्त समयमा मोबाइल भ्वाइस, डाटा, एसएमएस एफटीटीएच भ्वाइस डाटा आईपीटिभी सेवाहरु भने यथावत सञ्चालन हुने जनाएको छ।

प्रकाशित: २५ असार २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार