इलेक्ट्रोनिक्स इन्जिनियर जीवनप्रसाद अधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • Technology Khabar | १७ असार २०८१, सोमबार
इलेक्ट्रोनिक्स इन्जिनियर जीवनप्रसाद अधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति नयाँ बानेश्वरमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियर जीवनप्रसाद अधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अधिकारीले भारतको एक शैक्षिक संस्थाबाट ल्याएको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सहायकस्तर पदमा नियुक्ति लिएको भन्दै आयोगले अधिकारीलाई भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरेको छ।

निजले भारतको कोलकतास्थित  The Institution of Engineers (India), Kolkata बाट Electronics & communication Engineering पास गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी इलेक्ट्रोनिक्स ओभरसियर साउण्ड (सहायक स्तर प्रथम प्रा.) पदमा नियुक्ति लिई हालसम्म कार्यरत रहि ओहोदा, लाभ र सुविधा प्राप्त गरेको अख्तियारको जिकिर छ।

अख्तियारले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोप-पत्र दायर गरिएको जनाएको छ।

प्रकाशित: १७ असार २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...