सामसङ ग्यालेक्सी फ्लिप ६ ग्लोबल मोडेल स्न्यापड्र्यागन ८ जेन ३ को साथ गीकबेन्चमा

Technology Khabar ५ असार २०८१, बुधबार

काठमाडौं ।

सामसङले पेरिसमा जुलाई १० मा हुने ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा ग्यालेक्सी जेड फ्लिप ६ अनावरण गर्ने तयारी गरेको छ। यद्यपि लन्च हुनु अघि, जेड फ्लिप ६ को ग्लोबल भेरियन्ट गीकबेन्च बेन्चमार्किङ वेबसाइटमा देखा परेको छ, जसले डिभाइसको क्षमताहरूको बारेमा विवरण प्रदान गरेको छ।

एसएम–एफ७४१बी मोडेल नम्बर रहेको ग्यालेक्सी जेड फ्लिप ६ ग्लोबल/युरोपियन मोडेलले २२४७ को सिंगल–कोर स्कोर र गीकबेन्चमा ६८५७ को मल्टि–कोर स्कोर हासिल गरेको जनाइएको छ। यी स्कोरहरूले डिभाइसको अक्टा–कोर प्रोसेसर र १२जीबी र्यामलाई हाइलाइट गर्दछ, जसले छिटो र सहज प्रयोगकर्ता अनुभवलाई सङ्केत गर्दछ। स्मार्टफोन एन्ड्रोइड १४ का साथ लन्च हुने अनुमान छ।

यसबाहेक, सूचीमा क्वालकम स्न्यापड्र्यागन ८ जेन ३ मेड फर ग्यालेक्सी एसओसी भनेर उल्लेख गरिएको र राम्रो पर्फमेन्सको लागि कस्टमाइज्ड पाइनएप्पल मदरबोर्डको विशेषता रहेको उल्लेख छ। एसओसीमा ग्राफिक्सको लागि एड्रेनो ७५० जीपीयू सँगसँगै अप्टिमाइज्ड स्पिड (गति) र इफिसियन्सीका लागि विभिन्न कोरहरू समावेश गरिएको छ।

यसैगरी, हालैको एक रिपोर्टले ग्यालेक्सी जेड फ्लिप ६ को स्पेसिफिकेसन लीक गरेको जनाइएको छ।

सामसङ ग्यालेक्सी जेड फ्लिप ६ को स्पेक्स (लीक अनुसार)

लीक अनुसार, ग्यालेक्सी जेड फ्लिप ६ मा २६४० x १०८० रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट सहितको ६.७ इन्च डायनामिक एएमओएलईडी २एक्स डिस्प्ले हुनेछ। साथै यसमा ७२० x ७४८ रिजोलुसन भएको ३.४ इन्चको कभर डिस्प्ले पनि रहनेछ।

त्यसैगरी यसमा हुने स्न्यापड्र्यागन ८ जेन ३ फर ग्यालेक्सी चिपसेटले ३.३९ गिगाहर्ज, ३.१ गिगाहर्ज, २.९ गिगाहर्ज र २.२ गिगाहर्ज कोरको साथ ग्यालेक्सी एस२४ सिरीज जस्तै समान क्लक स्पिड साझा गर्दछ। साथै स्टोरेज अप्सन्स (भण्डारण विकल्पहरू) मा २५६ जीबी र ५१२ जीबी समावेश रहेको जनाइएको छ।

फोनको क्यामरा सेटअपमा ५० एमपी एफ/१.८ मुख्य क्यामरा, १२ एमपी एफ/२.२ अल्ट्रा वाइड एंगल क्यामरा, र अटोफोकस बिनाको १० एमपी फ्रन्ट फेसिङ क्यामरा समावेश गरिएका छन्। यसले फोरके ६० एफपीएस, १०८०पी ६० एफपीएस र स्लो मोसन १०८०पी १२० वा २४० एफपीएसमा भिडियो रेकर्डिङलाई समर्थन गर्दछ।

कनेक्टिभिटी फिचर्समा वाई–फाई ६ई, ब्लुटुथ ५.३ र यूएसबी ३.२ जेन १ समावेश हुने उल्लेख गरिएको छ।

रिपोर्टका अनुसार, जेड फ्लिप ६ फोल्ड गर्दा कम्प्याक्ट ८५.१ x ७१.९ x १४.९ मिमी र अनफोल्ड गर्दा १६५.१ x ७१.९ x ६.९ मिमी हुने जनाइएको छ। साथै यसको तौल १८७ ग्राम रहने छ।

यसबाहेक, २५ वाट फास्ट चार्जिङको साथ ४००० एमएएच ब्याट्री समावेश गरिएको गीज्मोचाइनाले रिपोर्टमा उल्लेख गरेको छ।

प्रकाशित: ५ असार २०८१, बुधबार

तपाइको प्रतिक्रिया