प्युठानमा ट्राफिक जरिवाना अनलाइनबाट तिर्ने व्यवस्था लागू

  • Technology Khabar | ५ असार २०८१, बुधबार
प्युठानमा ट्राफिक जरिवाना अनलाइनबाट तिर्ने व्यवस्था लागू

काठमाडौं ।

प्युठान जिल्लामा सवारी कारबाहीमा तिर्नुपर्ने जरिवाना बैङ्क मार्फत तिर्नुपर्ने व्यवस्था गरिएको छ।

असार १ गतेदेखि लागु हुने गरी जिल्लामा सवारी नियम उल्लङ्घन कसुरको जरिवाना बापत राजश्व सङ्कलनलाई बैङ्किङ प्रणालीमा परिवर्तन गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

नेपाल बैङ्कमा रहेको राजश्व शीर्षकको खातामा जरिवाना बुझाएपछि कागजात दिने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले बताए।

सिधै बैङ्कमा गएर भौचर भरेर राजश्व बुझाउनुका साथै अनलाइन मार्फत समेत जरिवाना बुझाउन मिल्ने प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए। जरिवाना बुझाएको कागजातको आधारमा कागजात उपलब्ध गराइने उनको भनाइ छ।

प्रकाशित: ५ असार २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sparrow SMS celebrates sixteen years of delivering messages

  • Technology Khabar
  • ५ असार २०८१, बुधबार